१२ श्रावण २०८१, शनिबार
Logo

उत्पादित माक्स सबै होलसेल पसल र जिल्ला कार्यालयमा र्पुयाउछौँ: चेम्बर अध्यक्ष श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्शका अध्यक्षले अब माक्स अभाब नहुने बताएका छन् ।


बजारमा देखिएको मास्क अभाव आगामी आइतबारदेखि सहज रुपमा उपलब्ध गराईने उहाको भनाई छ । नेपाल चेम्बरको पहलमा दैनिक १५ हजार माक्स उत्पादन हुने गरेको बताइएको छ । माक्स ७ रुपैयाका दरले बिक्री बितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


उत्पादित माक्स सबै होलसेल पसल र जिल्ला जिल्लाका चेम्बर कार्यालयमा र्पुयाएर वितरण गर्ने तयारी भइरहेको नेपाल चेम्बरले जनाएको छ ।


गत हप्ताबाटमात्र मास्क उत्पादन सुरु गरेको भएतापनि आवश्यक सामग्रीको अभावको कारण गुणस्तरीय मास्क उत्पादन गर्न नसकेको जानकारी अध्यक्ष श्रेष्ठले दिए ।

Shivapuri rural municipality awareness message jalapanews

नमुनाको रुपमा बनाईएको मास्क नुवाकोट चेम्बर अफ कमर्शका अध्यक्ष कविन्द्रमान प्रधानलाई अध्यक्ष श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्