१२ श्रावण २०८१, शनिबार
Logo

कोरानाभाइरस नआओस भन्दै मन्दिरमा भाकल

कोरोना भाइरस (कोभिड– १९) भाइरसको संक्रमण नआओस भन्दै एक मन्दिरमा भाकल गरिएको छ । भाइरसको संक्रमण नआओस भन्दै डोटीमा रहेको शक्तिपीठ शैलेश्वरी मा भाकल गरिएको हो । कोरोना भाइरसका संक्रमण डोटीमा फैलन नदिन शक्ति स्वरुप जगदम्वा माता शैलेश्वरीसँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताएका छन् ।

पछिल्लो केही महिनायता विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरानाभाइरसले हालसम्म ५ हजारको ज्यान गइसकेको छ । नेपाल पनि यसको उच्च जोखिममा रहेको डब्लुएचओले बताएको छ । यसैबीच संक्रमण नहोस् भन्नका लागि वैशाखमा शैलेश्वरी मन्दिरमा क्षमा पूजासमेत गरिने भट्टले जानकारी दिए।

यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ ।

यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

के हो त कोरोना भाइरस ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

प्रतिक्रिया दिनुहोस्