जिल्ला अस्पताल त्रिशुलीमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

बुधबारबाट नुवाकोटको जिल्ला अस्पताल त्रिशुलीमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण सेवा महिला, दलित जनजाती, लोपोन्पोमुख, सहिद परिवार द्धन्द पीडित र बिपन्नहरुले प्रयोग गर्न सक्नेछन् ।
जिल्लाको बिदुर नगरपालीका र बेल्कोटगढी नगरपालीकाको १३/ १३ वडाका लक्षित समुदायका जनताले यो सेवा लिन सक्नेछन् । प्रत्येक वडाका २५ जनाले स्थानिय वडा कार्यलयको सिफारिसमा स्वास्थ्य परिक्षण गर्दा सुल्क नलाग्ने अस्पतालका मेसु रेम कुमार राईले बताउनु भयो । डाक्टर राईका अनुसार २५ जनाले वडाको सिफारिसमा आफ्नो स्वास्थ्य परिक्षण गराउन पाउने छन् । बाकीले होलबडी जाच गराउन चाहन्छन् भने नेपाल सरकारको निती अनुरुपको १७५० शुल्कलाग्ने छ । ।

अस्पतालले मुख्य मन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम मार्फत नसर्ने रोगहरुको समस्यालाइ नियन्त्रण गर्ने उद्धेश्यले सो कार्यक्रम सुरु गरिएको हो ।
नसर्ने रोगका कारण अकालमा कुनै मानिसले ज्यान गुमाउन नपोस भन्ने कार्यक्रमको मर्म अनुरुप नै नुवाकोटमा सेवा प्रवाह गरिने अस्पताल बिकाश समितीका अध्यक्ष अर्जुन न्यौपानेले बताउनु भयो ।
आगामी असार सम्ममा बिदुर र बेल्कोटको गरि २६ वटा वडाका ६५० जनालाई निशुल्क तथा र मध्यम बर्गका ११ सय जनाको १७५० रुपैया शुल्क लिएर होलबडी जाच गरिने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्