लिखु र पंचकन्याको तिन लाख बराबरको आलु गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी नुवाकोटका गाउपालीका बासीहरुले आलु सहयोग गरेका छन् ।
लिखु गाउपालीका वडा नं १ ,२ र ४, पंचकन्या गाउपालीकाको १ र २ नम्बर वडाहरुका कृषकहरुले एकसय २० बोरा करिब तिन लाख बराबरको आलु हस्तान्तरण गरेका छन् ।
भगवान पौडेल, रामचन्द्र अगस्ती ,दिपक खनाल , बलराम ढकाल ,बाबुराम ढकाल ,गोपाल ढकाल ,रामराजा प्याकुरेल र गणेश खकुरालहरुको नेतृत्वमा गएको टोलीले सोमबार चितवन पुगेर आलु हस्तान्तरण गरेका थिए ।

लिखु र पन्चकन्या गाउँपालिकाका किसानहरुसंग आलु संकलन गरि एकसय २० बोरा आलु वितरण गरिएको समाजसेवी राम चन्द्र अगस्तीले बताउनुभयो । अगस्तीले रंगशाला निर्माणका लागि अझै सहयोग संकलन भइरहेको बताउनुभयो ।
उहाले आफुहरुको सानो सहयोगले अन्य व्यक्तिहरुलाई पनि सहयोगको भावना जागृत गराउन सहयोस्वरु आलु संकलन गरि सहयोग गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्