१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट ग्लोरिले मनायो फरक ढङ्गबाट १५ औ बार्षिकोत्सब


नुवाकोट ग्लोरिको १५ औ बार्षिकोत्सब सम्पन्न भएको छ ।
यस पटक बिद्यालयले बार्षिक उत्सव फरक ढङ्गबाट धुमधामको साथ सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बिज्ञान ,गणित तथा अन्य सम्पुर्ण बिषयहरु समेटि प्रदर्सनी साथै आफ्नो स्थापनाको १५ औ सुभ घडीमा बिद्यार्थीहरुको बिबिध लेख रचनाहरु समेटि बार्सिक पत्रीका समेत बिमोचन गरेको थियो ।


कार्यक्रममा सुर्यगढि गाउपालिका वडा ५ का अध्यक्ष भैरब बहादुर अधिकारीले बिद्यालय उत्कृष्ट काम गर्न सफाल भएके बताउनु भयो । वडाको शैक्षिक अबस्था सुधार्नको लागी पालीका पनि लागी पर्ने बताउनु भयो । कार्यक्रमका बिशेश अथिति वडा ४ का अध्यक्ष रामकुमार गिरिले बिद्यालयको ब्याबस्थापन र बिद्यार्थीको प्रस्तुती निकै उत्कृष्ठा रहेको बताउनु भयो । उहाले बिद्यालय तथा शैक्षक स्ंस्थाहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


बिद्यालयका सस्थापक प्र.अ. पुरुशोत्तम अधिकारीले आजको युगमा आधसनीक शैलिका प्राबिधीक शैक्षिक सामाग्रीको प्रयोग गरि शिक्षण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।उहाले अध्ययनको अलावा बिद्यार्थीहरुको रुचीका आधारमा आगामी शैक्षिक सत्रबाट कला प्रस्फुटन गराउनको लागि संगीत र बाध्यबादनको कक्षा संचालन गराउनको लागेको समेत जानकारी गाराउनु भयो।


उक्त कार्यक्रममा विशेषगरि मचयन र ब्लूटुथ कार मुख्य आकर्षण बनेको थियो ।त्यस्तै साना बिद्यार्थीहरुके दृल ,मार्चपास साथै अन्य प्रदर्सनीहरुको बक्ताहरुले खुलेर प्रशंसा गर्नुभएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्