१ आश्विन २०८१, मंगलवार
Logo

नेकपा गुटबन्दी र एक अर्काेतिर आरोप प्रत्यारोपमा धरापमा पर्दै

पटक पटक सरकारमा नै रहेको आफ्नो दल नेकपा भित्रैका नेताहरुका विभिन्न काण्डहरु बाहिंरिदै गर्दा उक्त पार्टिका नेता तथा कार्यकर्तालाई चिन्तित पनि गराउने गरेको देखिन्छ । त्यस्तै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू का नुवाकोट सह संयोजक बिनोद कोइरालाको भनाई सान्दर्भिक देखिएको छ ।
“ए पुर्ब पश्चिम भनेर आलोचना गर्ने एकता बिरोधि धमिरा हो! तिमी कुन धरातलमा छौ एकपटक फर्किएर हेर ..
———मेरो प्रश्न छ तपाइहरुलाइ !!
-के गणतन्त्र बयलगाडामा चढेर अमेरिका गएर आएको हो?
-के समानता, धर्मनिरपेक्षता, समाबेशी गणतन्त्र अनि देशमा सुशासन ज्ञानेन्द्र शाहको पाउमा घुडा टेकेर आशीर्वाद मागेर आएको हो?
– होला माओवादी पार्टी एमाले पार्टीसङ्ग एकता नभएको भए तत्कालीन माओवादी सानो थोरै सिट जनमत प्राप्त गर्थ्यो होला तर तत्कालीन एमाले भित्रको गुटबन्दी ले एमाले जनमतान्तरले पहिलो हुन दिन्थ्यो?
– नेपालमा छरिएर रहेको वामपन्थी कम्युनिस्ट पार्टी एकता हुनु पर्छ एकले अर्कालाइ आरोप प्रत्यारोप लगाएर के यो एकता सफल होला ?
– गुटबन्दी छोड्नु छ सबै टुटेका फुटेकालाइ जोड्नु छ एकीकृत कम्युनिस्ट पार्टी भएर अगाडि बढ्नु छ गुटबन्दीले कसैको ब्यक्तिगत स्वार्थ पूरा होला तर समग्र कम्युनिस्ट आन्दोलन धरापमा पर्न सक्छ बिचार गर्ने बेला आएको होइन र ?
– होला हामिले नियालेर हेर्दा माओवादी सशस्त्र द्वन्द्व आन्दोलन जनयुद्ध जनआन्दोलन तात्तातो छ ! तर हिजोको इतिहास पनि पढौं न कमरेडहरु कुन सङ्गठन पार्टी कुन धरातलमा आयो भनेर मनन गर्नु पर्दैन ?
– हिजोलाइ भुलौ आज र भोलिका लागि सोचौ सम्पुर्ण कम्युनिस्ट नेता कार्यकर्ताको सम्पत्ति शुद्धिकरण भ्रष्टाचार अनियमितता घुसपैठ गर्नेलाइ निलम्बित मात्र होइन कठघरामा राखेर कडा भन्दा कडा कारवाही गरौ अनि मात्र आउँछ सुसासन अनि मात्र हुन्छ देश बिकाश यो काम झन्डै २ तिहाइको सरकारले चाह्यो भने गर्न सक्छ जनपक्षीय काम गर्नु पर्दैन ??
———–
बिचार गरौ****

भ्रष्ट !
बैमानि!
गुन्डागर्दी गर्दी गरेर गुण्डालाइ संरक्षण दिने!
आफ्नो अनुकुलतामा पार्टी सङ्गठनमा मनपरि गर्ने!
गुटबन्दी !
जनमतको कदर नगर्ने!
चन्दा आतंक फैलाउने !
अनि सबैलाई समान व्यबहार न गर्ने कोहि पनि कम्युनिस्ट *कमरेड * हुनै सक्दैन ”
लागौ सुधारको बाटो विवाद झैझगडाले आफै सकिन्छ क्षेणिक फाइदा न हेरौ………

****डियर कमरेडहरु###

बिनोद कोइराला,

Shivapuri rural municipality awareness message jalapanews

सहसंयोजक, नुवाकोट

प्रतिक्रिया दिनुहोस्