१२ श्रावण २०८१, शनिबार
Logo

सालको काठ सहित दुई जना प्रहरी नियन्त्रणमा

जिल्ला वन कार्यालय नुवाकोटले सालको काठ सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नम्बर १२ गौरिवेशी बस्ने २३ वर्षीय शुक्रमान तामाङ र सोही ठाउँका गाडीका साहु २५ वर्षीय अमृत थापा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । उनीहरु दुई जनालाई विदुर नगरपालिका वडा नम्बर ८ राईसिङ बाट बिदुर तर्फ आउदै गरेको बा ५ ख १५६७ नं को टिफरमा अबैध रुपमा सालको काठ ओसारपसार भईरहेको छ भन्ने सुचानाको आधारमा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।


प्रहरीले गाडीमा लोड गरिएको सालको काठ ४१ थान र चिलाउनेको काठ ५ सहित गाडी बरामद गरेको छ
पक्राउ परेका व्यक्ति काठ र गाडी प्रहरी कार्यालय नुवाकोट ल्याईएकोमा आवश्यक कारवाहीका लागी डिभिजन बन कार्यालयमा पठाइएको । । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्