सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आफैंलाई हाने गोली
सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेका छन् ।
महोत्तरीका प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गोली हानेका हुन् । प्रहरी प्रमुख एसपी रन्जु सिग्देलका अनुसार गोली लागि सख्त घाइते भएका प्रहरी रायलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि एम्बुलेन्सबाट काठमाडौं लगिएको छ । प्रहरी रायले आफ्नै दाहिने कोखामा गोली हानेका छन् । यो समाचार कान्तीपुरमा राज कुमार कार्कीले लेखेका छन् ।
थप अनुसन्धान भइरहेको एसपी सिग्देलले बताइन् । प्रहरी स्रोतका अनुसार प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादविवाद भइ राइफल खोसेर रायले आत्महत्याको प्रयास गरेका हुन् । आज प्रणय दिवस पनि भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए । दुवै प्रहरी अविवाहित हुन् ।
प्रतिक्रिया दिनुहोस्