२५ कार्तिक २०८१, आईतवार
Logo

बाँसुरीमा प्रधानमन्त्री ओली, सारंगीमा खनाल र नेपाल

फोटो: सूर्य थापा।
फोटो: सूर्य थापा।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारको माहौल भिन्न रह्यो।

पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई दायाँबायाँ राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाए।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्यहरू र अन्य पाहुनाले ताली पिटेर साथ दिए।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नै बालुवाटारमा प्रधानमन्त्रीले बाँसुरी धुन बजाएर सुनाएका हुन्।

Shivapuri rural municipality awareness message jalapanews

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सेतोपाटीलाई दिएको जानकारीअनुसार मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझ कार्यक्रम चलेको हो।

उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीले सचिवालय सदस्यलाई परिवार (जोडी) सहित आउन निम्ता दिएका थिए।

‘सचिवालय सदस्यहरू र २५ जना सम्पादक कार्यक्रममा सहभागी हुनुहुन्थ्यो,’ थापाले भने,  ‘नेपालका सबै मौलिक बाजा र धुन प्रस्तुत गरिएको हो।’

प्रधानमन्त्रीले नै बाँसुरी बजाउने माहौल कसरी सिर्जना भयो त? यो प्रश्नमा थापाले भने, ‘कार्यक्रम सञ्चालक दिनेश डिसीले प्रधानमन्त्रीज्यूलाई मञ्चमा बोलाउनुभयो। मञ्च पुगेर प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीज्यूहरूलाई पनि सँगै बाजा बजाऔं भन्ने प्रस्ताव राखेपछि उहाँहरू पनि मञ्चमा आउनुभयो। त्यसपछि बाँसुरी र सारंगीका सुमधुर धुनले माहौल संगीतमय भयो।’

रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्