१२ श्रावण २०८१, शनिबार
Logo

महेन्द्र माध्यामिक विद्यालयको ५९ औं बार्षिकोत्सव सम्पन्न

ककनी गाउँपालिका वडा नं. ७ चतुरालेमा रहेको श्री महेन्द्र माध्यामिक विद्यालयको ५९ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बागमती प्रदेश सांसद बद्री मैनालीले बिद्यालयको भौतिक संरचना बिकास संगै आगामी दिनहरुमा शैक्षिक गुणस्तर को बिकासमा बिधार्थी ,शिक्षक र अभिभावक सबैको समान भुमिका रहने हुदाँ, सम्बन्धित निकायले तिनै कुराहरुको मध्य नजर गर्दै बिकास निर्माणमा आफ्नो पनि साथ र सहयोग निरन्तर रहने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।


बिद्यालयका प्रधानाध्यापक शशिकुमार थपलियाले आ.ब. ०७५र०७६ को आर्थिक प्रतिवेदन २करोड ८५पचासी लाख ६६हजार ८सय ३०रुपैया को आय ब्यय पेस गर्नु भएको थियो ।


बिद्यालयको ५९ औं स्थापना दिवस तथा अभिभावक भेला , शिक्षक सम्मान तथा बिदाइ कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष महेन्द्र बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य अच्युत पाण्डे, ककनि गाउँपालिका उपाध्यक्ष सीता लामा खतिवडा , शिक्षा बिकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख अर्जुन बहादुर श्रेष्ठ, ककनी गाउँपालिका वाड न. ७ का वडा अध्यक्ष पुष्कर बोगटी, ककनी गा.पा. का शिक्षा प्रमुख केशब ज्ञवाली , श्रोत ब्यक्ति रबि प्रसाद थपलिया,नेपाली काङ्ग्रेस ककनी ७ का सभापति बद्री प्रसाद थपलिया लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रममा बिभिन्न सांस्कृतीक प्रस्तुती समेत रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्