छैठौँ नुवाकोट महोत्सब पहिलो दिन मै आलोचित, अन्यत्र हिँडेका सवारी साधनहरुसँग पार्किङ शुल्क असुल गरेको आरोप

बिगतका बर्षमा गरिए झै महोत्सब नहुने दावी गरेको आयोजकको महोत्सबको सुरु दिन देखी नै आलोचना सुरु भएको छ ।
बिगतका दिनमा धेरै प्रकारका आरोप खेपेको नुवाकोट उद्योग बाणीज्य संघलाई यो पटक बाटो हिड्नेहरु संग पनि पार्किङ शुल्क जबर्जजस्ती असुली गरेको आरोप लागेको छ ।
बिहिबार देखि शुरु भएको छैठौं नुवाकोट महोत्सवमा बट्टार वसपार्क भइ अन्यत्र जाने सवारी साधनको पनि पाकिङ शुल्क उठाइए प्रती सामाजीक संजालमा चर्को आलोचना भएको छ ।

यती बेला नुवाकोट उद्योग बाणिज्य संघलाई सुरुकै दिनमा नराम्रो धक्का लागेको छ । बिगतमा महोत्सब बेचेको, स्थानीयलाई प्राथमिकता नदिएको , स्थानिय उत्पादनको प्रर्बदन नगरेको , पानीको चर्को शुल्क तिर्नु परेको , आर्थिक अनियमीतता गरेको, आय ब्याय समयमा सार्वजनीक नगरेको लगाएतका आरोप लागेको नुवाकोट उद्योग बाणिज्य संघलाई यो पटकको महोत्सबको पहिलो दिनमा नै बाटो हिड्नेहरु संग पनि पार्किङ शुल्क जबर्जजस्ती असुली गरेको आरोप लागेको छ ।

तर संघले अन्यत्र हिँडेका सवारीसाधनहरुसँग पनि पार्किङ शुल्क असुल नगरेको जनाएको भए पनि पार्किङ शुल्क लिएको भन्दै पार्किङ शुल्क तिरेको चिट सामाजिकमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्