प्रदेश २ सरकारकी राज्यमन्त्री डिम्पल झाद्वारा राजीनामा
काठमाण्डौ – प्रदेश नम्बर २ सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाले मंगलबार राजीनामा दिनुभएको छ । सरकारको कामदेखि सन्तुष्ट नरहेको भन्दै राजीनामा दिएको झाले बताउनुभयाे ।
उहाँले राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको कार्यालयमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिनुभएको हो ।
उहाँको राजीनामा पत्रमा लामो समयदेखि राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन प्रयास गरे पनि स्थिति अनुकूल हुने अवस्था नभएकाले राजीनामा दिएको उल्लेख गरिएको छ ।
उहाँले सांसद भएर काम गर्ने भन्दै सरकारको मुख दर्शक भएर काम गर्न नसकिने बताउनु भएको छ ।
उज्यालोबाट
प्रतिक्रिया दिनुहोस्