१२ श्रावण २०८१, शनिबार
Logo

बिईगं ह्युमनको सहकार्यमा मुटुरोगीलाई ३ लाख सहयोग

काठमाडौं – दौडिनु स्वास्थ्यको लागि फाईदाजनक हो, यो कुरा सबैलाई थाहा नै छ। तर, एकजना दौडिदाँ अर्को व्यक्तिको स्वास्थ्यलाई पनि फाईदा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। हो, स्कटल्याण्डमा बस्दै आएका नेपाली घनश्याम भण्डारीले यस्तै अचम्मको काम गरेका छन्।

मुटुरोगबाट ग्रसित धम्पुसका राज बिकको उपचार खर्चमा सहयोग जुटाउनका लागि घनश्यामले दौडिएरै ३ लाख रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेका छन्। बिकको मुटुमा रहेको ट्युमर निकाल्नका लागि सहयोग जुटाइएको थियो। आईतबार काठमाडौं दरबारमार्गस्थित बिईगं ह्युमन क्लोथिङमार्फत उनले उक्त रकम हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रमा बोल्दै बिईगं ह्युमन क्लोथिङ नेपालको आधिकारिक बिक्रेता वस्त्र ईन्क प्रा.ली. प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले सहयोगका लागि घनश्यामलाई धन्यवाद दिदैँ भने, ‘बिदेशमा बसेर पनि नेपाल र नेपालीलाई माया गर्नुभएकोमा हामी आभारी छौ। यस्तो पुण्य काममा सहभागी हुनु हाम्रो लागि पनि गर्वको कुरा हो।’

‘बिईगं ह्युमनलाई बिश्वास गरेर उहाँले हामीमार्फत सहयोग हस्तान्तरण गर्नुभयो,’ शिक्षा र स्वास्थ्यको क्षेत्रमा च्यारिटि गर्दै आएको बिईगं ह्युमन फाउण्डेसनद्वारा सञ्चालित बिईगं ह्युमन क्लोथिङ नेपालका सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘उहाँको यो काम सबैको लागि अनुकरणीय छ।’

Shivapuri rural municipality awareness message jalapanews

‘धम्पुस गाबिसको सिफारीस र स्थानियको अनुरोध सामाजिक सञ्जालमा देखे,’ घनश्यामले भने, ‘उपचारको लागि ३ लाख जुटाउँछु भन्ने सोचेर सहयोग संकलन शुरु गरेको थिए।’ उनले थपे, ‘पश्चिमी समाजमा हाईकीङ्, रनिङ्को माध्यमबाट पनि च्यारिटी गर्ने चलन छ।’

घनश्यामका अनुसार यस्तो प्रचलन सन् १९६९ मा सामाजिक क्रान्तिको रुपमा अमेरीकाको नर्थ डाकोताबाट शुरु भएको हो। घनश्याम आफैँ बेलायत एथलेट एसोसिएसनबाट लाईसन्सप्राप्त ‘रेगुलर हाइकररनिंग लिडर’ हुन्।

‘पैसाको अभावमा जिवन नै खतरामा रहेको सन्देश पाए,’ घनश्यामले भने, ‘धम्पुस परिवार यूके र आफ्ना साथीहरुको सहयोगमा रकम संकलनका लागि दौडिन शुरु गरे।’

हुन त यो उनको पहिलो सहयोग होईन। यसअघि पनि उनले क्यान्सर पिडीत सागर भन्डारीको उपचार र भारतको चन्डीगढमा मृत भेटीएका चयनपुरे धम्पुस झग्रेका परीवारलाई राहत प्रदान गरेका थिए। यस्तै धम्पुसमा बाटो, स्कुल निर्माणकार्यमा सहयोगका साथै धुर्मुस सुन्तली फाउन्डेसनलाई पनि आर्थिक सहयोग गरिसकेका छन्। उनलाई यो कार्यमा धम्पुसका युवाहरु प्रकाश गुरुङ, रबि पोख्रेल, उदय मा.वी.का शिक्षक अमृत कुमार भण्डारीलगायतले सहयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्