२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

नुवाकोटका पांँच क्रियाशिल पत्रकार सम्मानीत

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले सम्मान तथा पुरस्कार अर्पण कार्यक्रम सम्पन्न गरेको छ । पत्रकारिताको क्षेत्रमा रहेर लामो समय सेवा गरेको भन्दै पुरस्कृत गरिएको नुवाकोट शाखाले जनाएको हो । सम्मानित हुनुहने पत्रकारहरुमा मिडिया उध्योग स्थापना गरि सेवा प्रदान गर्नुभएका नया रुपरेखा साप्ताहिकका प्रकाशक सम्पादक माधब प्रसाद खनाललाइ मिडिया उध्यमी सम्मान र जिल्लामा बसेर लामो समय पत्रकारिता गर्नुभएका सून्दरादेबि सन्देश साप्ताहिकका प्रकाशक किरण अधिकारीलाइ दीर्घ सेवा सम्मान प्रदान गरिएको हो ।
त्यसैगरि तिन जना क्रियासिल पत्रकारलाइ नगद सहित पुरस्कृत गरिएको छ । पुरस्कृत हुनुहुनेहरुमा रासस का नुवाकोट सम्बाददाता एवम त्रिशृली खबर साप्ताहिकका सम्पादक नवदिप श्रेष्ठलाइ मोहनविक्रमध्वज जोशी स्मृती पत्रकारीता पुरस्कार, गोरखापत्र दैनिकका सम्बाददाता एवम न्युज २४ का टिभी पत्रकार रामहरी गजुरेल लाइ रामकृष्ण प्रधान स्मृती पुरस्कार र सगरमाथा टिभीका समाचार वाचिका बसुधा केसीलाइ महिला पत्रकारिता पुरस्कारद्धारा सम्मान गरिएको हो । उहाहरुलाई जनहि ११ हजार १११ रुपैया पुरस्कार राशिले पुरस्कृत गरिएको छ । पत्रकार माहासंघ नुवाकोटलाई पुरस्कार नगद डबली खबर खबर डटकमका ध्रव कुमार रावल, त्रिशुली प्रवाह शाप्ताहिकका प्रकाशक सम्पादक शरण उत्सुक सापकोटा र नुवाकोट जेसिसका जिल्ला अध्यक्ष दुर्गाराज पाठकले सौजन्य गर्नु भएके हो ।

प्रतिक्रिया दिनुहोस्