आखाँको रोगीले मौकाको फाइदा उठाउनु होला
नेपाल रेडक्रस नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठान गौशालाको सयुक्त सहकार्यमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटले पुस २ गते महादेवफाँटमा अयोजना गरेको निःशुल्क स्वास्थ्य जाचमा १२२ जना बिरामीको परीक्षण गरिएको छ । जाँच गराउन आएका मध्ये २६ जनामा मोतियाबिन्दु पाइएको छ ।
साथै नुवाकोटमा पौष महिनामा निम्न स्थानमा निशुल्क आंखाको उपचार हुदै छ ।
पुस ५ गते शनिबार, म्यागङ गाउँपालिका वडा नम्बर २, बुङताङ
पुस ८ गते मंगलबार, सुर्यगढी गाउँपालिका वडा नम्बर १, लच्याङ
पुस १० गते बिहिबार म्यागङ गाउँपालिका वडा नम्बर ६, सामरी
पुस ११ गते शुक्रबार, लिखु गाउँपालिका वडा नम्बर ६, ढिकुरे
पुस १२ गते शनिबार किस्पाङ गाउँपालिका वडा नम्बर ३, काहुले
पुस १४ गते सोमबार, तादि गाउँपालिका वडा नम्बर ८, खरानीटार
पुस १६ गते बुधबार, दुप्चेश्वर गाउँपालिका वडा नम्बर २, गाउँखर्क
पुस १७ गते बिहिबार, ककनी गाउँपालिका वडा नम्बर ६ बेतिनी
पुस १८ गते शुक्रबार, दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६, राउतवेशी
पुस २० गते आइतबार, दुप्चेश्वर गाउँपालिका वडा नम्बर १, घ्याङफेदी
पुस २१ गते सोमबार, दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७, शिखरवेशी
पुस २२ गते मंगलबार, पञ्चकन्या गाउँपालिका वडा नम्बर ५, बालकुमारी
पुस २५ र २६ गते विदुर नगरपालिका वडा नम्बर ४, बट्टार नुवाकोट आदर्श बहुमुखि क्याम्पस (मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया)
प्रतिक्रिया दिनुहोस्