१२ श्रावण २०८१, शनिबार
Logo

राष्ट्रिय दलित पत्रकार संघ धादिङको अध्यक्षमा हरि विश्वकर्मा

राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ धादिङको प्रथम जिल्ला भेलाले हरि विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा याकराज मगराती, सचिवमा शुसिला विश्वकर्मा, सह–सचिवमा रोसनी नेपाली, कोषाध्यक्षमा अनिल कुमार नेपाली रहनु भएको छ । भेलालाई सम्बोधन गर्दै प्रदेश सांसद डा. राम कुमार अधिकारीले समाज परिवर्तन गर्न दलित समुदायहरुको अहम भूमिका रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद अधिकारीले धादिङका दलितहरु एक ठाउँमा उभिन सके मात्र दलितहरुको समस्या समाधान हुने अधिकारीको भनाइ रहेको छ । यस्तै कार्यक्रमका विशेष अतिथि नेकपा नेता राम बहादुर भण्डारीले राज्यले दलितहरुको लागि प्रदान गरेको सेवा सुविधा लिन दलित समुदायहरु एक जुट हुन अति आवश्यक रहेको बताएका छन् ।

जनताको सूचना लिने दिने सवालहरुमा धादिङका दलितहरु सक्रिय रुपमा अगाडि बढिरहेको भण्डारीको भनाइ रहेको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ धादिङका जिल्ला अध्यक्ष हरि विश्वकर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सांसद डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेकपाका प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारी र राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ का इन्चार्ज भीम घिमिरे बिश्वकर्माको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ का सचिव बसन्त परियार, नेपाली काङग्रेसका जिल्ला सचिव हरिराम बुर्लाकोटी, नेकपाका नेता दिपक विश्वकर्मा, समाजवादी पार्टीका प्रतिनिधि नन्द्र प्रसाद काप्री लगायतको आतिथ्यता रहेको थियो ।

नव निर्वाचित कार्य समितिको विवरण यस प्रकार छ :
अध्यक्ष – हरी विश्वकर्मा
उपाध्यक्ष – याक्रराज मगराती
सचिव – शुसिला विश्वकर्मा
सहसचिव– रोसनी नेपाली
कोषाध्यक्ष –अनिल कुमार नेपाली
सदस्य –कोपिला बिसुन्के
सदस्य – रन्जना परियार
सदस्य – सीता विश्वकर्मा
सदस्य –कुमार विश्वकर्मा

स्रोत, रेडियो बिहानी धादिङ

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्