मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु
नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ७ का सुजन रिजाल रहेको प्रहरीले जनाएको छ ।
कुलपुजाको लागि शोलेबजार जाने क्रममा मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
तीव्रगतिमा गुडेको मोटरसाइकल नियन्त्रणमा लिन नसक्दा सडकदेखि १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भिर घाईते रिजालको उपचारार्थ जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्