१२ श्रावण २०८१, शनिबार
Logo

उजुरी बढेपछि स्थानीय तहलाई अख्तियारको ६१ बुँदे सुझाव

स्थानीय तहहरुमा अनियमितता बढेको भन्दै उजुरीको संख्या बढेपछि अख्तियार दुरुपयोग अनुसनधान आयोगले ६१ बुँदे सझुाव दिएको छ ।

स्थानीय तहसँग सम्बन्धित उजुरी उच्च रहेकाले तत्कालै सुधार गर्न सबै स्थानीय तहलाई अख्तियारले ६१ बुँदे सझुाव दिएको हो ।

पछिल्लो तथ्यांक अनुसार स्थानीय तहहरुसँग सम्बन्धित उजुरीमात्रै ३४ प्रतिशत भन्दा माथि छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले स्थानीय तहको गाउँसभा र नगरसभाबाट बजेट स्वीकृत नगराईं बजेट अनियमित तरिकाले खर्च गर्ने गरेको, पुँजीगत शीर्षकबाट चालुमा बजेट रकमान्तर गरेकोलगायतका धेरै अनियमित काम हुने गरेको पाइएपछि सुझाव दिएको अख्तियारले बताएको छ ।

तोकिएको भन्दा बढी रकमान्तर गर्ने गरेको देखिएका कारण संविधाको धारा ५९ को उपधारा (३), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९ अनुसार बजेट खर्चमा ध्यान दिन सचेत गराइएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

Shivapuri rural municipality awareness message jalapanews

अनलाइन खवरबाट

प्रतिक्रिया दिनुहोस्