१२ श्रावण २०८१, शनिबार
Logo

भारी मतान्तरसहित कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी

कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई  ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी  हुन् । 

शनिबार राति १०:३० बजेदेखि सुरु भएकाे मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४० मा मात्रै सुरु भएको थियो । 

यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ । 

विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् । अन्तिम मतपरिणाम भने निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ । रातोपाटीबाट

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्