१२ श्रावण २०८१, शनिबार
Logo

चीनले रसुवागढी-काठमाण्डौ रेल मार्गकाे ‘डीपीआर’ बनाउने

चीनले रसुवागढी-काठमाण्डौ रेल मार्ग निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु गर्ने भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेसनल रेल्वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाण्डौमा बसेको पाँचौ बैठकले रेल मार्ग निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने कामलाई सुरु गर्ने सहमति गरेको हो ।

रेल सेवाकाे विस्तृत अध्ययन प्रतिवेदनको कामलाई तत्काल सुरु गर्ने सहमति चिनिया पक्षसँग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिनुभयो । यता, नेपाली पक्षले भने त्यसका लागि आवश्यक सुरक्षा र वातावरणीय प्रभाव मूल्यांकनको काममा सहयोग पुर्‍याउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ । चीनले अब रेल मार्ग निर्माणका लागि सर्भे, भौगर्भिक अध्ययनलगायतका कामलाई तत्काल अघि बढाउने पनि सचिव कार्कीले बताउनुभयो 

यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा रेल मार्ग निर्माणको कामलाई अघि बढाउने औपचारिक समझदारी भएको थियो । उज्यालोबाट

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्