१२ श्रावण २०८१, शनिबार
Logo

राजधानीमै नक्कली डाक्टर

काठमाडाैंकाे भंगालस्थित अक्सिजन नेसनल मेडिकलका सञ्चालक अंगतमणि श्रेष्ठ नक्कली डाक्टर भएको भेटिएको छ ।

उनका शैक्षिक प्रमाणपत्र र अन्य कागजात नक्कली भएको भेटिएको छ। उनका प्रमाणपत्रमा दुईवटा नाम छन्। मेडिकलमा उनले डाक्टर अंगतमणि श्रेष्ठ भनेर नेमप्लेट बनाएका छन्।

कागजातमा उनको नाम कृष्णबहादुर उल्लेख छ। उनको वास्तविक ठेगाना सिन्धुली हो तर उनले आफू काठमाडौंकै स्थायी बासिन्दा भएको बताउँदै आएका छन्। उनले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबाले हस्ताक्षर गरेको ‘वल्र्ड टपर’ नामक नक्कली सर्टिफिकेट समेत बनाएका छन्।

‘भंगाल क्षेत्रका सबै स्थानीय बिरामी पर्दा त्यही मेडिकलमा पुग्थे। मेडिकलले चर्को पैसा असुलेपछि मात्रै अन्त पठाउँथ्यो,’ कृष्माका एक आफन्तले भने, ‘शंका लागेका डाक्टरको कागजात खोज्दा केही भेटिएको छैन। वडा कार्यालयले नक्कली डाक्टर भन्दै प्रहरीलाई खबर गरेको छ।’ श्रेष्ठले अमेरिका र जापानबाट ‘एमडी’ गरेर आएको, नर्भिक र ओम हस्पिटलमा पनि आफू संलग्न भएको भन्दै रोगी र तिनका आफन्तलाई प्रभाव पार्ने गरेको स्थानीय बताउँछन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्