२९ माघ २०८१, मंगलवार
Logo

कास्की उपनिर्वाचन : ‘विद्याभित्र रवीन्द्र देख्छौँ’

पोखरा – कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा विद्या भट्टराईको उम्मेदवारीले रवीन्द्रप्रसाद अधिकारीको जन्मस्थान भरतपोखरीवासी खुशी भएका छन् ।

“आफ्नो माटोमा जन्मे हुर्केर राजनीति उचाइमा पुगेको गाउँको लोकप्रिय छोरो गुमाउनुपरेको पीडालाई भुल्न गाह्रो भए पनि विद्याको उम्मेदवारीले केही खुशी ल्याएको छ ।” 

स्थानीयवासी ८०  वर्षीया पूर्णकुमारी आचार्यले भने, “मैले जीतको शुभकामना दिएँ, विद्या हाम्री छोरी हुन्, अब राष्ट्रकै छोरी भएर सफल भएको देख्ने चाहन्छौँ ।’

अर्का स्थानीयवासी ८५ वर्षीया वैकुण्ठनाथ आचार्यले पनि भट्टराईको उम्मेदवारीले खुशी भएको बताए । “हामीले गुमाएको त पाउन सक्दैनौँ अब विद्याले हामी सबैले देखेको समृद्धिको सपना पूरा गर्न भूमिका खेल्नेछिन् । विद्याभित्र रवीन्द्र देखिरहेका छौँ”, उनले भने ।  

Shivapuri rural municipality awareness message jalapanews

अधिकारीको निधनपछि निराश स्थानीय बासिन्दा भट्टराईको उम्मेदवारीसँगै उत्साहित बनेका छन् । आफ्नो चुनावी अभियान शुरू गर्न गृहस्थान पुग्नुभएकी भट्टराईलाई स्वागत गर्दै उक्त ठाउँका बासिन्दाले अधिकारीको सपना पूरा गर्न र समग्र देशलाई समृद्धिपथमा अगाडि बढाउन आग्रह गरेका थिए ।

भट्टराईले अधिकारीलाई राजनीतिक उचाइमा पु¥याउन आफू पर्दा पछाडि बसेर राजनीतिक योगदान गरिरहेको बताइन् । “आज पार्टीले त्यो योगदानको कदर गर्दै मलाई उम्मेदवार बनाएको छ, अब हजुरहरुले साथ दिनुस्”, भट्टराईले भनिन् । 

कास्की क्षेत्र नं २ का जनताको भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने भन्दै उनले सम्पूर्ण जनसमुदायलाई शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरीक हुन  आग्रह गरिन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भीम कार्कीले पार्टीकी क्षमतावान्  र  बौद्धिक नेत्री भट्टराई राजनीतिक चेत भएको कुशल उम्मेदवार भएको बताए ।

उम्मेदवार व्यवस्थापन समिति संयोजक धनराज आचार्यले अधिकारीको सपना र विश्वास अगाडि बढाउन भट्टराईको महत्वपूर्ण भूमिका हुने बताए । अनेरास्ववियूका केन्द्रीय नेता रश्मी आचार्यले नेपाली राजनीतिक इतिहासमा अब्बल र समृद्धिका संवाहक  अधिकारी गुमाए पनि उनको राजीतिक र नेतृत्वदायी गुण अब भट्टराईमा भेटिने जिकिर गरे . रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्