गो ब्याक इण्डिया’को नारा लगाउँदै अनेरास्ववियू सडकमा ओर्लियो
लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू सडकमा ‘गो ब्याक इन्डिया’ को नारा लगाएको छ ।
कब्जाको शैलीमा नेपाली भूभाग नेपाली नक्सामा समेटिएको भन्दै अनेरास्ववियूले बुधबार विरोध र्यालीको आयोजना गरेको हो । प्रदर्शनमीमार्गबाट सुरू भएको र्याली बागबजारको मुखमा पुगेर कोण सभामा परिणत भएका थियो ।
विरोध र्यालीपछि आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भर्खरै सार्वजनिक गरिएको नक्सा तुरून्तै खारेज गर्न माग गरे ।
‘कालापानी, लिपुलेक हाम्रो भूमि हो । हाम्रो भूमि भारतले कब्जाको शैलीमा उसको नक्साभित्र राख्न पाउँदैन । यस विषयमा सरकारले तुरुन्तै संवाद गरोस्’, महरको माग थियो ।
उनले आज प्रतीकात्मक विरोध गरिएको र नक्सा नसच्याए चरणवद्ध आन्दोलन गर्ने जानकारी दिए । अनेरास्ववियूले सामाजिक सञ्जालमा गोब्याकइण्डिया ह्यास ट्याग राखेर विरोधको शुरूआत समेत गरेको छ ।
Video Player
प्रतिक्रिया दिनुहोस्