१२ श्रावण २०८१, शनिबार
Logo

‘कालापानी र लिपुलेक हाम्रा अभिन्‍न अंग हुन्, सरकारले गम्भीर पहलकदमी गरोस्’

नेपाली भूमि कालापानी र लिपु लेकलाई समेटेर भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल सकारले आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।

भारतले केही महिनाअघि विवादित भूमि जम्मु-कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरेपछि नयाँ नक्सा सार्वजनिक गरेको हो। लामो समयदेखि नेपाली भूमि कालापानीमा आफ्नो सेना तैनाथ गरिरहेको भारतले आफ्नो नक्सामा समेत यसलाई राखेर सार्वजनिक गरेको हो। उनले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनले कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग भएको उल्लेख गर्दै नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर गम्भीर पहलकदमी गर्न माग गरेका छन्। ‘दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको छ’ उनले लेखेका छन्,

‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस।’ नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्‍न आपत्तिजनक र अस्वीकार्य रहेको समेत उनले उल्लेख गरेका छन्। ‘नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ।’

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्