१२ श्रावण २०८१, शनिबार
Logo

सातै प्रदेशका प्रमुख पदमुक्त

सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकाे छ । मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाे हाे । 

मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएकाे हाे । संविधानकाे धारा १६५ काे उपधारा १ (ख) बमाेजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएकाे हाे । 

प्रदेश १ प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका हुन् । 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्