१२ श्रावण २०८१, शनिबार
Logo

नग्न फोटो सार्वजनिक भएपछि सांसदले दिइन् राजीनामाः भनिन्, ‘डर छ, अझै के के आउने हो’

एक महिला सांसदले नग्न तस्बिर सार्वजनिक भएपछि अमेरिकी संसदबाट राजीनामा दिएकी छिन् । क्यालिफोर्नियाकी ३२ वर्षीया बाइसेक्सुअल नेता केटी हिलको संसदमै आबद्ध एक पुरुष सहयोगीसँग अफेयर भएको र एक महिला क्याम्पेन स्टाफसँग पनि सम्बन्ध स्थापित गरेको आरोप छ ।

केटी हाउस एथिक्स कमेटीको पनि अनुुसन्धानमा पनि परेकी छिन् । नग्न तस्बिर सार्वजनिक भएपछि आफूलाई पदमा रहँदा अझै के के कुरा सार्वजनिक हुने हुन् भन्ने डर लागेको बताएकी छिन् । केटीले आइतबार संसदबाट राजीनामा दिएको घोषणा गरिन् । नोभेम्बर सन् २०१८ मा उनी छानिएकी थिइन् । केटीले ट्वीटरमा पनि आफ्नो राजीनामा पत्र सेयर गरेकी छिन् ।

 रिपोर्टका अनुसार केटीले क्याम्पेन स्टाफरसँग ‘अनुचित’ सम्बन्ध स्विकार गरेकी छिन् । तर उनले आफ्नो अफिसमा कर्मचारीसँग सम्बन्ध स्थापित गरेको अस्विकार गरेकी छिन् ।

यस्तै, केटी र उनका श्रीमानबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको छ । केटीले राजीनामा दिँदै आफूले गल्ती गरेको स्विकार गरेकी छिन् । तर उनले बदनामीका लागि अभियान चलाएको पनि आरोप लगाइन् ।

Shivapuri rural municipality awareness message jalapanews

केटीले भनिन्, ‘मेरो गोपनियतामा दखल दिएर नीजि पलको तस्बिरलाई मविरुद्ध प्रयोग गरियो । यो गैरकानूनी हो । यस्तै, एउटा ठूलो मिडिया कम्पनीको वेबसाइटमा इन्टिमेट फोटो प्रकाशित हुँदा पनि उनीहरुले कानूनी कारवाहीको धम्की दिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्