२८ श्रावण २०७९, शनिबार
Logo
final gp koirala advert

तारकेश्वर काठमाण्डौ सम्पर्क समितीको शुभकामना आदानप्रदान कार्यक्रम

नेपाली काङ्गे्रसमा आस्था राख्ने र तारकेश्वर गाउपालिका घर भइ काठमाण्डौमा बसोबास गर्नेहरुको सस्था तारकेश्वर काठमाण्डौ सम्पर्क समितीको आयोजनामा दशै तिहार छठ तथा नेपाल संम्बतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष राममणी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काङगे्रसका बरिष्ठ केन्द्रिय सदस्य अर्जुन नरसिङ केसी तथा विशेष अतिथी पुर्व अर्थमन्त्री डा रामशरण महत रहनुभएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्नुहुदै प्रमुख अतिथी केसीले नेकपाको सरकार लोकतन्त्रको मान्यता विपरित अधिनायकवाद तर्फ लागेको आशंका व्यतm गर्दै भन्नुभयो यदि त्यस्तो हो भने नेपाली काङगे्रस लोकतन्त्रको रक्षाका लागी जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

बिशेष अतिथी डा रामशरण महतले अहिले देखिएको बिकाश काङ्गे्रसकै सरकारले शुरु गरेको आयोजनाहरु रहेको बताउदै बर्तमान सरकार गफ मात्रै गरेर बसेको बताउनुभयो ।

कार्यक्रममा समानुपातिक सांसद बहादुर सिङ लामा , जिल्ला सभापति जगदिश्वर नरसिङ केसी , पुर्व सभापती धुर्व अधिकारी महासमिती सदस्य रमेश कुमार महत, माहाधिबेशन पतिनिधी चोकराज शाक्य , तारकेश्वर गाउपालिकाका संयोजक होम बहादुर तामाङ , सामाजिक अभियन्ता शिभ अधिकारी लगायतले सुभकामना आदान प्रदान कार्यक्रमलाइ सम्बोधन गर्नुभएको थियो , कार्यक्रममा करिब तिन सय भन्दा धेरै काङगे्रस सम्बद्घ नेता तथा कार्यक्रर्ताको उपस्थिीती रहेको तारकेश्वर काठमाण्डौ सम्पर्क समितीका अध्यक्ष राममणी घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्