१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट दारी ग्यांगको निशुल्क कपडा बैक भाद्र सात गते

 

नुवाकोट दारी ग्यांग नामक एक सामाजिक अभियान्ताहरुको संस्थाले कपडा बैंक संचालनमा ल्याउने भएको छ ।
यही भाद्र ७ गते नुवाकोटको बट्टार बजारमा नुवाकोट दारी ग्यांगको आयोजनामा उक्त पसल राख्न लागिएको हो । कपडा बैकमा पुराना सफा कपडा राखी नया कपडा लान सकिने आयोजकले जनाएको छ । घरमा भएका कपडा , खेलौना भाडा कुडा जुन आफ्नो परिवारमा प्रयोगमा आएको छैन खेर गइरहेको छ । ति सामानहरुलाई लिएर जो कोही पनि आउन सक्ने आयोजकले बताएको छ । आफ्नो घरमा भएका पुराना खेलौना, भाडाकुडा, खेलकुदका सामाग्री, किताब कापी जुन घरमा एतिकै थन्किएर बसिरहेको हुन्छ , त्यो सामान अन्त अतिआबश्यक रहने हुदा यतीकै नराखी पनु प्रयोगमा ल्याउन सबैका आग्रह गरेको छ । साथै सहयोग गने मन हुने तर सामान ल्याउन समस्या भएकाहरुले नुवाकोट दारी ग्यांगलाई सम्पर्क गरेमा आफ्नो सदस्य पठाउने समेत दारी ग्याङका सुवाश श्रेष्ठले जानकरी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्