१२ श्रावण २०८१, शनिबार
Logo

खडेरीले मकैको बोट सुक्दा कृषक चिन्तित

नुवाकोट, खडेरीका कारण मकैको बोट सुक्न थालेपछि नुवाकोटका किसान चिन्तित बनेका छन् ।
मुख्य अन्नबालीका रुपमा रहेको मकैको बोट लामो खडेरीका कारण फेदसम्म नै सुक्न थालेपछि यहाँका किसानलाई कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले पिरोलिएको छ । अहिले नुवाकोटको बिदुर नगरपालीका, लिखु गाउपालीका लगायतका नुवाकोटका प्राय सबै जसो ठाउँमा मकैको बोट नै सुकेर गएको प्रत्यक्ष देख्न सकिन्छ ।

 

बिदुर नगरपालीका वडा नं ६ का किसान पानी नपरेका कारण मकैको बोट सुक्न थाले पछि दुख मानेर बसिरहेका छन् । । “प्रायजसो आकाशे खेतीको भरमा जीवन गुजारा चलाउँदै आएका यहाका किसान यसपालि लामो समयसम्म पानी नपरेपछि दुःख गरेर उमारेको मकै सुकेर काम नलाग्ने अवस्था भइसक्यो”, “अब कसरी जीविकोपार्जन गर्ने” अब त बारी खाली बनाउनुको विकल्प नभएको किसानको भनाइ छ । जहिले पानी पर्छ त्यही बेला धानको बीउ रोप्ने मनसायमा किसान पुगेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्