२२ मंसिर २०८१, शनिबार
Logo

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा खनाल, अर्याल र गजुरेल भिड्दैँ, कसले मार्ला बाजी ?

 

विदुर, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ७ औं अधिवेशन आगामी जेष्ठ १८ गते तय भएको छ ।
नेकपाका तर्फबाट अध्यक्षमा नारायण बहादुर खनाल, उपाध्यक्षमा संजीव श्रेष्ठ, सचिवमा रघुनाथ रिमाल, कोषाध्यक्षमा बच्चुमाया सुनारी मगर, सदस्यहरुमा मुनिराज गजुरेल, राजेन्द्र पाण्डे र लव प्रसाद न्योपाने , महिला सदस्यहरुमा रबिता भट्ट, जगतकुमारी गिरि रहेका छन् ।
विदुर नगरपालिकालाई साना सहरी खानेपानीको काम ८० प्रतिशत सकिएको निवर्तमान अध्यक्ष नारायण बहादुर खनालले बताउनु भयो ।
गल्छी– त्रिशुली– मैलुङ– स्याफ्रुबेशी सडकखण्डको स्तरउन्नतीका कारण खानेपानी आयोजनाको २० प्रतिशत काम वाकी रहेको नेकपा प्यानलले बताएको हो ।
निर्वाचन पश्चात् वाकी २० प्रतिशत काम गर्ने, नयाँ धारा जोड्ने, समुचित ढंगले नगरवासीलाई सफा पिउने पानी वितरण गर्ने नेकपा प्यानलले बताएका छन् ।
त्यसैगरी नेपाली काँग्रेसको लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा राजेन्द्र अर्याल, उपाध्यक्षमा रामप्रसाद श्रेष्ठ, सचिवमा रामजी भट्ट, कोषाध्यक्षमा भगवती राजभण्डारी, सदस्यहरुमा शम्मभुप्रसाद घिमिरे, हर्कवहादुर राई, गंगाराम गजुरेल, महिला सदस्यहरुमा ज्ञानु थापा श्रेष्ठ र शर्मिला खड्का रहेका छन् ।
राजेन्द्र अर्याल एकपटक विदुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष बनिसेकेका छन् ।
पूर्व अध्यक्ष राजेन्द्र खनालले नगरवासीले धमिलो, लेदो, कालो पानी पिउन परेकामा दुःख व्यक्त गर्नु भयो । सो समस्या समाधानका लागी आफूले उमेद्वारी दिएको अर्यालले बताए ।
त्यस्तै हरिशरण गजुरेलको नेतृत्वमा स्वतन्त्र प्यानलको पनि मनोनयन दर्ता भएको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा श्याम बहादुर तामाङ, सचिवमा कृष्ण प्रसाद भट्ट सदस्यहरुमा सुकदेव गजुरेल, कृष्ण कुमार रावल र माधव प्रसाद गजुरेल रहेका छन् ।
हरिशरण गजुरेल भने सफा पिउने पानी हामी सवैको जिन्दगानी भन्ने भनाइलाई आत्मसात् गर्दै आफ्नो प्यानलले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेको बताउछन् । उनले भने “वर्तमान नगरवासीको खानेपानीको समस्यालाई चिर्नका लागी आफ्नो प्यानल प्रतिष्प्रर्धामा उत्रिए हो बताउछन् ।” एकपटक खानेपानी तथा उपभोक्ता समितीका उपाध्यक्ष बनिसकेका गजुरेल युवा उपभोक्तका पनि निकै प्यारा छन् । विदुर खानेपानी तथा उपभोक्ता समितीमा वाजी कस्ले मार्ला त ? आगामी निर्वाचनले उपभोक्ताको यो उत्सुकतालाई चिर्ने छ ।

कुल मतदाता संङ्ख्या २४ सय तिस रहेको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयको अनुसार मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेर ३० मिनेटसम्म रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्