१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा ट्रिफर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, आक्रोशित स्थानीयबासीद्धारा ट्रिफरमा आगजनी

नुवाकोट,नुवाकोटको बट्टारमा ट्रिफर र मोटरसाइकल एक–आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बट्टारबाट गगंटेतर्फ जादै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आएको ट्रिपरले ठक्कर दिदाँ विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो । ना. ३३ प ३४६६ नंं मोटरसाइकललाई बा.५ ख २८९८ नं. को ट्रिफरले ठक्कर दिदा खनालको घटनास्थलमा नै मृत्यु भएको हो । मोटरसाइकलमा सवार मुन्ना गुप्ता सामान्य घाइते भएका छन् । दुर्घटना पश्चात आक्रोशित स्थानीयबासीले ट्रिफरमा आगजनी गरेका छन् । ट्रिफर जलेर पूर्ण रुपमा क्षति भएको छ  । दोषी चालकलाई कडा कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीले बट्टारबजार–गगंटे सडक खण्ड अबरुद्ध बनाइरहेका छन् ।


स्थानीयबासीले ट्रिपर धनी रामबाबु जिसी आएर माग सम्बोधन गरेपछि मात्र शव उठाउने भन्दै बिरोध प्रदर्शन गरिरहेका छन् ।तिव्र गतिमा रहेको ट्रिफरले नियन्त्रण गुमाउदाँ मोटरसाइकललाई ठक्कर दिएको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्