१२ श्रावण २०८१, शनिबार
Logo

एसईई टीप्स

   बाबुकाजी कार्की

यसवर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई)चैत्र १०गते बिहान ८ बजे देखि ११ बजे सम्म संचालन भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित र एक्जाम्प्टेड गरी देशभरबाट झण्डै ४लाख ७५ हजार परीक्षार्थी सहभागी भैराखेका छन् । बर्तमानको विद्यालय संरचना अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध्यमिकतह भनि परिभाषित गरेको छ । विगत ८ दशक भन्दा लामो समय देखि विद्यालय तहको अन्तीम परीक्षाको रुपमा कक्षा १० मा लिइदै आएकोमा एसएलसीलाई एसइइमा रुपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार विद्यालय तहको अन्तीम कक्षा १२ मा लिइने परीक्षालाइ एसएलसी मानिएको छ । विसं १९९० सालदेखि एसएलसीको रुपमा लिइदै आएको परीक्षाको नतिजा उत्साहप्रद देखिदैन । बि.सं.१९९८ सालमा सवभन्दा बढी ७७.७८ प्रतिसत र बि.सं.२०३८ सालमा सब भन्दा घटी १६.६८ प्रतिसत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ । विगत परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अंग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ । यति लामो समयसम्म विद्यार्थीको उपलब्धीस्तर ५० प्रतिसत पनि नपुग्नामा के विद्यार्थी मात्रै दोषी छन् त?  सतप्रतिशत उपलब्धीस्तर पु¥याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाज लगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न बिलम्ब भैसकेको छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भएता पनि विद्यार्थीको उपलब्धिमा झन ह्रास आउनु गम्भिर चिन्ताको बिषय हो ।
बिद्यार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमुखी बनाउन निम्न टीप्सहरुले टेवा पु¥याउन सक्छ ।
 परीक्षा तयारीको समयमा स्वास्थ्यको बारेमा विशेष चनाखो हुनुपर्दछ । स्वस्थकर आहरविहार र सहज परिश्रमको प्रति विशेष ध्यान दिनुपर्दछ ।
 एसइइलाई हाउगुजीको रुपमा नलिई सहज रुपमा आत्मसात गरेर सकरात्मक सोचले परीक्षा दिने मनस्थिति बनाउनुपर्द छ ।
 मानसिक एवं शारीरिक क्षमता भन्दा बढी थकान हुनेगरी अनिंदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आपूmले सोचे जस्तो जाँच दिन पनि सकिन्न ।
 अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउने तर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्दछ । किनकि विगतमा कहिलेकाहीं पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका छन् ।
 कठिन महसुस गरिएका विषयलाई अलि बढी महत्व दिंदै दैनिक समय तालिका बनाएर सबै विषयलाई समानुपातिक रुपमा नियमित अध्ययन गर्ने ।
 सहपाठीहरुको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बसाल्ने ।
 विगतका प्रश्नहरुको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न ।
 परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउंछ भन्ने दृढ विश्वास एवं उच्च मनोवलकासाथ परीक्षाहलमा प्रवेश गर्नुपर्दछ ।
 विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिंड्नु अगाडि राम्रोसँग चेक जाँच गर्नु पर्दछ ।
 परीक्षा केन्द्रको बस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहज हुन्छ ।
 प्रवेश पत्र तथा उत्तरपुिृस्तकामा लेखिएका निर्देशनहरु परीक्षा शुरु हुनु अगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ।
 प्रश्नले मागेको उत्तर यकिन भए पछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखि मैलिकता झल्किने गरी बँुदागतरुपमा सफा र शुध्दसँग उत्तर लेख्नुपर्दछ ।
 सबै प्रश्नका उत्तरहरु लेखिसकेपछि बचेको अन्तीम समयमा लेखेका उत्तरहरुलाई पुन सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।
एसइइलाई अधिकतम उपलब्धीमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दवाव नदिने, उनीहरुको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण वनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी भित्र पर्दछ। यसमानेमा एसइइ.अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।
त्यस्तै विद्यालयले विद्यार्थीको रुची क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठन पाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धी उच्च हुने यर्थाथता हो । किनकि एसएलसीको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफनो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो । तसर्थ आफ्ना विद्यार्थीको उपलव्धिस्तर उच्चतम बनाउन विद्यार्थीका प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरुको विकास र बिस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्दछ । बिद्यार्थीले विद्यालयमा गुणस्तरिय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको एकिन गर्ने परीक्षा पनि हो एसईई ।
प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरियताले पनि परीक्षाको नतिजालाई असर पार्छ । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्यौल गर्दछ । यसप्रकार एसइइ प्रत्यक्ष रुपमा विद्यार्थीको लागि मात्र भए जस्तो लागेता पनि परोक्ष रुपमा राज्यले विद्यालय शिक्षा सम्बन्धि अख्तियार गरेको, योजना नीति–नियम कार्यव्रmम जाँच्ने कसी पनि हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पु¥याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्तगरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसइइ विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावक लगायतको पनि परीक्षा हो ।

.                                                         karki.babukaji@yahoo.com

 

 

प्रतिक्रिया दिनुहोस्