१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

पन्चकन्या गाउपालिकाको केन्द्र घलेभन्ज्याङ भनि प्रेषित समाचार झुटो भएको गाउपालिकाको ठहर

पञ्चकन्या गाउँपालिकाको केन्द्रको विषयलाई लिएर विभिन्न स्थानीय संचार माध्यम मार्फत सम्पे्रषित समाचारप्रति गाउपालिकाको ध्यानाकर्षण भएको छ। कार्यपालिकाको विधानमा रहेर मोठ भन्ज्याङमा रहेको गाउपालिकाको केन्द्र अस्थाई रुपमा घलेभन्ज्याङमा निमार्ण गरिएको विज्ञप्तीमा भनिएको छ। पन्चकन्या गाउपालिकाको केन्द्र घलेभन्ज्याङ भनि प्रेषित समाचार झुटो भएको गाउपालिकाको भनाई छ।
संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयले मुद्रण विभाग मार्फत गाउपालिकाको केन्द्र मोठभन्ज्याङ हुन गएको भुल सुधार गर्दै नेपाल राजपत्रको खण्ड ६७ संख्या ६२ र भाग ५ मा पञ्चकन्या गाउपालिकाको केन्द्र लाकुरीभन्ज्याङ कायम रहेको विज्ञप्तीमा उल्लेख छ ।

कार्यालय सञ्चालनको कठिनाइका कारण गाउसभाले पारित गरेको निर्णयकै आधारमा मोठभन्ज्याङमा रहेको केन्द्र घलेभन्ज्याङमा निमार्ण गरिएको हो। केहि समय पश्चात् गाउपालिकाको केन्द्र लाकुरी भन्ज्याङमा निमार्ण गरिने भएको छ । पञ्चकन्यावासीहरुलाई गलत समाचार बाट भ्रमित नहुन गाउपालिकाले आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्