१२ श्रावण २०८१, शनिबार
Logo

बालविवाह गराउने तिन जना पक्राउ

धादिङ ।
बाल विवाह गराउन लागेको सूचनाको आधारमा प्रहरीले तिन जनालाई गिरफ्तार गरि ०७५ फागुन २६ गते जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।
ज्वालामूखी गाउँपालिका–४ की एक १७ वर्षीया बालिकालाई फागुन २३ गते नीलकण्ठ नगरपालिका–५ का १९ वर्षीय सागर रोक्कासंग बालविवाह गर्न लागेको आरोपमा तिन जना पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार बैदवारले फागुन २६ गते पत्रकारसम्मेलन गरि जानकारी दिए । बालविवाह गराउन लागिपरेका केटापक्षका पिता गोपी रोक्का र केटी पक्षका पितालाई गिरफ्तार गरि हिरासतमा लिएर अनुसन्धान गरिरहेको जनायो ।
उनिहरुलाई बालविवाह अन्तरगत मुद्दा दर्ता गरि जिल्ला अदालतको अनुमतिमा हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्