नुवाकोटमा आठौ राष्ट्रिय पुरुष फुटवल प्रतियोगिता हुदै
“स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ शुक्रवार देखि नुवाकोटमा आठौ राष्ट्रिय पुरुष फुटवल प्रतियोगिता २०७५ सुरु हुने भएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा ३ नम्वर प्रदेश स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
फागनु २४ देखि २८ गते सम्म हुने प्रतियोगितामा रसुवा बाहेका ३ नम्वर प्रदेशको १२ वटा जिल्लाको सहभागीता रहने जिल्ला खेलकुद विकास समिति नुवाकोटले जानकारी दिएको छ।
बिहिवार फुटबल मैदानमा पत्रकार सम्मेलन गर्दै जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष बुद्धि प्रधानले समुह “ए” मा काठमाडौ काभ्रे, चितवन, मकवानपुर, सिन्धुपाल्चोक,र दोलखा जिल्ला रहन र समुह “बि” मा नुवाकोट, रामेछाप, ललितपुर, भक्तपुर, धादिङ र सिन्धुली, जिल्लाहरु रहेने बताउनु भयो ।
प्रतियोगिताको नकआउट चरणमा फागुन २४ गते दोस्रो खेल रामेछाप र ललितपुर जिल्ला विच हुने भएको छ । शनिवार चितवन, दोलखा नुवाकोट धादिङ काठमाडौ र काभ्रे विचको विजेतासग सिन्धुपाल्चोकको प्रतिष्प्रर्धा हुने छ । आइतबार भने रामेछाप र ललितपुर विचको खेलको विजेतासग भक्तपुर चितवन र दोलखाविचको खेलको विजेतासग मकवानपुर तथा नुवाकोट र धादिङ विचको खेलको विजेतासग सिन्धुलीको प्रतिष्प्रधा हुने छ । प्रदेशस्तरिय छनोट प्रतियोगिताका लागी नुवाकोटका १६ जना खेलाडीहरुलाई जिल्ला फुटवल संघका प्रमुख प्रशिक्षक देवनारायण चित्रकारले नियमित प्रशिक्षण गराइरहेका छन्।
साथै शनिवार देखि बट्टार कभर्डहलमा ३ नम्वर प्रदेश स्तरिय कराते प्रतियोगिता हुने भएको छ । ३ नम्वर स्तरिय कराते छनोटका लागी पनि आवश्यक प्रवन्ध मिलाउन नुवाकोट कराते संघका पदाधिराकारीहरु क्रियाशिल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्