१८ असार २०७९, शनिबार
Logo
final gp koirala advert

विप्लवसहित अन्य राजनीतिक दलहरुप्रति कमल थापाको आक्रोश (राजनीतिक प्रतिवेदनको पूर्णपाठसहित)

काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द ‘विप्लव’देखि संसदीय राजनीतमा रहेका राजनीतिक दलहरुप्रति कटाक्ष गरेका छन् । 

आजबाट काठमाडौमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा थापाले प्रस्तुत गरेको ६ बुँदे राजनीतिक प्रतिवेदनमा विप्लव नेतृत्वको नेकपासहित अन्य प्रमुख राजनीतिक दलहरुप्रति खनिएका हुन् ।

Shivapuri rural municipality awareness message jalapanews

उनले आफ्नो प्रतिवेदनमा पछिल्लो समय प्रमुख राजनीतिक दलहरुकै कारण मुलुक विखण्डनको दिशामा गएको भन्दै त्यसको जिम्मेवारी प्रमुख दलहरुले लिनुपर्ने बताएका हुन् । 

यस्तो छ, थापाको राजनीतिक प्रतिवेदन 

(१) २०७५ साल जेष्ठ महिनामा बिरगंजमा सम्पन्न राप्रपा केन्द्रीय परिषदको बैठकले मुलुकको एक दशक लामो राजनीतिक संक्रमण र त्यसले नेपाली समाजमा पारेको प्रभावको बिश्लेषण गर्दै पार्टीको भावि बैचारिक कार्यदिशा, राणनीति र कार्यनीति निर्धारण गरेको थियो । केन्द्रीय परिषदको उक्त मार्गनिर्देशन अनुरुप हामी अहिले क्रियाशील रहेका छौ । वर्तमान अवस्थामा पार्टीलाई नया“ढंगबाट अघि बढाउने सन्दर्भमा एकता महाधिवेशन र केन्द्रीय परिषद बैठकका मार्गदर्शनहरुको सिंहावलोकन गर्नु उपयुक्त हुनेछ । केन्द्रीय परिषद बैठकको मुख्य सन्देश र ठहर देहाय बमोजिम रहेको छ :

(क) निर्वाचनको पुर्वसन्ध्यामा पार्टीको विभाजन, नेपाली कांग्रेससंगको सहकार्यमा ईमान्दारिताको अभाव, हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी पटक पटक सरकारमा गएको जनताले मन नपराउनु तथा आमजनतामा पार्टीले एजेण्डा छोडेको भ्रम पर्नु जस्ता कारणले गत आमचुनावमा राप्रपाको अत्यन्त निराशाजनक परिणाम आयो । साथै, कमजोर संगठन रहनु, अत्यन्त न्युन स्थानमा उमेदवार खडा गर्नु तथा साधन श्रोतको अभाव पनि निर्वाचनमा पराजयका कारणहरु हुन् । 

(ख) यसरी प्राप्त निराशाजनक निर्वाचन परिणामका बावजुद राष्ट्रको बृहत्तर हितका निमित्त पार्टीले अवलम्बन गरेका नीति, बिचार र सिद्धान्तको औचित्य र महत्व यथावत कायम रहेकोे छ । यस वास्तविकतालाई विगत एकदशकको राजनीतिक घटनाक्रम र देशको अवस्थाले समेत प्रमाणित गरेको छ । संबिधान  जारी भै भएको पहिलो आमचुनाव पछि गठन भएको दुईतिहाई बहुमतको सरकारको असफलताले समेत उपरोक्त तथ्यलाई पुष्टि गरेको छ । 

(ग) राप्रपाको एकता महाधिवेशनले ुसम्वद्र्धनवादुलाई पार्टीको बैचारिक दर्शनको रुपमा स्थापित गरेको छ । साथै सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानिय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई पार्टीको बैचारिक आधारस्तम्भको रुपमा अंगिकार गरेको छ ।
(घ) उपरोक्त पृष्ठभूूमीमा पार्टीको दीर्घकालिन लक्ष्य हासिल गर्न तथा राप्रपालाई देशको एक अग्रणी शक्तिका ेरुपमा स्थापित गर्न संगठन निर्माण, जनपरिचालन कार्यक्रम, पार्टी एकता र जनसंघर्षलाई भावी कार्यनीतिको रुपमा अवलम्बन गरेको छ । 

(२) नया“ संबिधान अनुरुप सम्पन्न पहिलो आमचुनाव पछि गठन भएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले एक बर्ष पुरा गर्नलागेको पुर्वसन्ध्यामा यो बैठक बसिरहेको हुंदा सरकारको एकबर्षे कार्यकालको समिक्षा गर्नु स्वाभविक र प्रासांगिक समेत हुनेछ ।

राष्ट्रियता, स्थिर सरकार र आर्थिक सम्मृद्धिको मूल नारा लिएर निर्वाचनमा गएको नेकपालाई जनताले सबैभन्दा ठूलो शक्तिका रुपमा स्थापित गरे । अहिले के पि ओली नेतृत्वको सरकारलाई संसदमा दुईतिहाई बहुमतको समर्थन प्राप्त छ । तर संसदिय अंकगणितमा बलियो देखिएता पनि यो सरकारले आमजनतालाई परिवर्तनको अनुभूति दिन सकेको छैन । एकाध अपवादलाई छोडने हो भने सरकार प्रायः सबैक्षेत्रमा असफल प्रमाणित भएको छ । यथार्थमा भन्ने हो भने २०६३ सालदेखि हालसम्म गठन भएका पुववर्ति सरकारहरु कै असफलता र अकर्मण्यताको पदचिन्हमा वर्तमान सरकार समेत हिंडिरहेको छ । नया“ संबिधान जारि हुनु पूर्वका सरकारहरु भन्दा यो सरकार कुनै दृष्टिकोणबाट पनि अग्रगामी, प्रगतिशील छैन तथा कार्यशैलीको आधारमा समेत फरक देखिदैंन । यद्यपि, हाल देशमा देखिएका विकृति, विसंगति र अनियमितता वर्तमान सरकारको मात्र सिर्जना होईन । तर वर्तमान सरकारले विगत एक दशकको असफलतालाई भने अझ व्यापक बनाएको छ र तिव्रता प्रदान गरेको छ ।

–   विगत एकदशक भित्र सबैभन्दा घातक आक्रमणको निशानामा नेपालको अखण्डता, एकता र राष्ट्रिय पहिचान परेको छ । २०६२÷६३ को आन्दोलन अन्त भएको एक महिना नबित्दै हिन्दुराष्ट्रको पहिचानलाई समाप्त पारी कथित धर्मनिरपेक्षता लादने काम भयो । धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्धरुपमा लोभलालच दिएर तथा भ्रम सिर्जना गरेर हिन्दु, बौद्ध र किरांत धर्माबलम्बिहरुको धर्मपरिवर्तन गर्ने गराउने कार्य भैरहेको छ । राजधानी काठमाण्डौमा ईसाई धर्मप्रचारक संस्थाले आयोजना गरेको एक विवादास्पद कार्यक्रममा सरकारको सक्रिय उपस्थिति तथा १३ करोड आर्थिक सहयोगले धर्मपरिवर्तन कार्य तथा त्यस कार्यमा क्रियाशील गिरोहलाई स्वयं सरकार र सत्तारुढ  दलकै संरक्षण र प्रोत्साहन रहेको स्पष्ट हुन्छ । हाल भैरहेको धर्मपरिवर्तनको गतिलाई नियन्त्रण नगर्ने हो भने निकट भविष्यमा नै परम्परादेखि नेपाली समाजमा कायम रहंदै आएको सांस्कृतिक सदभाव र एकता खलबलिने तथा देश धार्मिक द्वन्द्वको दलदलमा फस्न सक्ने खतरा टडकारो देखिन्छ ।

–   ६२÷६३ को आन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्नेक्रममा अबलम्वन गरिएका गलत नीति र त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप राष्ट्रिय एकता र नेपाली जनताको सार्वभौम निर्णायकत्व कमजोर हुनपुगेको छ । नेपालको ईतिहासमा पहिलोपटक देश टुक्राउन चाहने बिखण्डनकारी शक्ति समेत सतहमा देखिएको छ । केही समय अघि तराईका केही जिल्लाहरुमा ुमधेस नेपाल होईन, मधेस स्वतन्त्र राष्ट्र होु भन्ने व्यानर र प्लेकार्ड सहित प्रदर्शन हुंदा राज्यसंयन्त्र मौन दर्शक बन्नुले अनेक आशंका र चिन्ता जन्माएको छ । राष्ट्रबादको चर्को नारा दिएर सत्तारोहण भएको वर्तमान सरकार बिखण्डनकारीको अगाडि किन लाचार बन्यो रहस्यमय छ ।  

–   वर्तमान समयको अर्को खतरा बाह्य शक्तिको बढदो चलखेल र प्रभाव पनि हो । प्रमुख राजनीतिक दलका नेताहरुमा सत्तामा पुग्न तथा पुगिसके पछि टिकेर बस्न बाह्य शक्तिको सहयोग र आशिर्वाद आबश्यक छ भन्ने आत्मसमर्पणवादी मानसिकता हावि भएको छ । यो प्रवृत्तिको कारणले गर्दा बा≈य शक्तिहरुको मनोबल बढेको छ तथा भूमिका व्यापक हुंदै गएको देखिन्छ । यहि क्रममा नेपाल बा≈य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुने प्रारम्भिक संकेतहरु देखिएका छन् । अपरिपक्व र असन्तुलित परराष्ट्र नीतिको संचालनले थप जटिलता सिर्जना गरि रहेको छ । भेनेजुयलाको घटनाक्रमवारे नेपालको बक्तव्य प्रकरण यसको पछिल्लो उदाहरण हो ।

–   अहिले लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र चलिरहेको छ । नेपाल वायुसेवा निगमको वाईडबडि जहाज खरिद काण्ड, एनसेलको करछली, सुन काण्ड, बुढिगण्डकी जलबिद्युत काण्डहरु विगत केही बर्षदेखि मौलाउंदै गइरहको ब्रम्हलुटका केही नमुनाहरु हुन् । यसैगरि बिदेशका विभिन्न बैंकहरुमा गैरकानुुनी रुपले कालोधन लुकाउने र नेपालबाट पठाईएका कालोधनलाई बिदेशमा लगि लगानीको रुपमा सेतोधन बनाएर फिर्ता ल्याउने धन्दा व्यापक भएको छ । यसवारे हालै सनसनीखेज तथ्यहरु सार्वजनिक भएका छन् । तर, यस्ता भ्रष्टाचार काण्डहरुवारे गंभीर र ईमान्दार छानविन भएकै छैन, केही छानविन भएका काण्डहरुलाई पनि गुपचुप पार्ने प्रयास जिम्मेवार तहबाट नै भैरहेको छ । यस्ता अरबौ रुपैयाको घोटाला राजनीतिक तहको संरक्षण विना हुनै सक्दैन, त्यही कारणले गर्दा नै भ्रष्टाचार काण्डको छानविन र कार्वाही बीचमै तुहिने गरेको छ ।

–   देशको अर्थतन्त्र पनि दिनपर दिन नाजुक हुंदै गएको छ । देशको कुल आम्दानीको करिव ३५ प्रतिशत विप्रेषणबाट प्राप्त हुने गरेको देखिन्छ । कुनै कारणवश बिश्वबजारमा मन्दि आएर बैदेशिक रोजगारीमा नकरात्मक प्रभाव प¥यो भने नेपालको अर्थतन्त्र धराशयी हुने खतरा छ । कृषी, पर्यटन र जलश्रोतको अपेक्षित बिकास हुन सकेको छैन । स्वदेशी तथा बिदेशी लगानी अत्यन्त निराशाजनक छ । अनुत्पादक क्षेत्रमा पुंजी खेर गैरहेको छ । दिगो आर्थिक बिकासको आधार तयार भएको छैन । गरीब र धनी बिचको खाडल ठूलो हुंदै गएको छ । व्यापार घाटा बढिरहेको छ तथा शोधनान्तर स्थिति पनि प्रतिकुल हुंदै गैरहेको छ । रोजगारीको खोजिमा प्रत्येक दिन १५ सय भन्दा बढि युवाहरु बिदेश पलायन हुन बाध्य छन् । हाल लगभग ४० लाख उत्पादनशील तथा सिर्जनशील युवावर्ग बैदेशिक रोजगारीमा छन् । समग्रमा भन्ने हो भने राजनीतिक अस्थिरता, नीतिगत अन्यौल तथा स्वार्थी र भ्रष्ट प्रवृत्तिको कारण हाम्रो अर्थतन्त्र संकटको भूमरीमा परेको छ ।

–   राष्ट्रिय सुरक्षाका सम्बन्धमा समेत संभावित खतराका कालो बादल छिटफुट रुपमा देखिन थालेको छ । वर्तमान सरकारको असफलताको पृष्ठभूमीमा निकट भविष्यमा नै राजनीतिक अस्थिरता र अरजाकताको अर्को श्रृंखला शुरु हुने संकेतहरु देखा परेका छन् ।  बिखण्डनकारी शक्ति अहिले आफ्नो प्रभाव र संगठन बिस्तारमा लागेको छ । यस समुहले उपयुक्त समय हेरेर तराईका विभिन्न जिल्लाहरुमा अराजकता खडा गर्न सक्दछ । आमुल परिवर्तनको पक्षधर तथा वर्तमान राजनीतिक प्रणालीलाई विस्थापित गर्न चाहने विप्लव नेतृत्वको माओवादीले विभिन्न जिल्लाहरुमा गतिविधि तिव्र पारि रहेको छ । शक्ति संचय गर्दै ठूलै वितण्डा मच्चाउने तयारीमा रहेको आभाष हुन्छ । वर्तमान कम्युनिष्ट सत्ताको कार्यबाट सर्वसत्तावादको खतरा देख्ने संसदवादी गैरकम्युनिष्ट राजनीतिक दलहरु आफ्नो वर्चस्व रक्षाका खातिर विभिन्न बहानामा सडक र संसद तताउने तयारीमा रहेको प्रष्टै देखिन्छ । अर्कोतर्फ सत्तारुढ दल नेकपा भित्र नै विवाद र अन्तरविरोध चर्काएर अस्थिरतालाई मलजल गर्ने गराउने खेल प्रारम्भ भैसकेको अनुभूत हुन्छ । यसरी बिभिन्न कोणहरुबाट भैरहेका गतिविधिहरुले अन्ततः देशलाई अस्थिरता र अराजकता तर्फ धकेल्ने संभावना देखिन्छ । यस प्रवृत्तिले राष्ट्रिय सुरक्षालाई जोखिममा पार्न सक्दछ । भारतमा हुने आगामि निर्वाचनको परिणामले पनि उपरोक्त गतिविधिलाई प्रभावित गर्ने नै छ ।

–   अर्कोतर्फ यस्तो कठिन स्थितिमा स्थाई सरकारको रुपमा रहने प्रशासनिक, संबैधानिक र सुरक्षा संयन्त्रहरु निष्प्रभावि बन्दै गएका छन् । राज्यका प्रायः सबै अंगहरुमा भैरहेको पार्टीकरणको परिणामस्वरुप राज्यसंयन्त्रको प्रभावकारिता र कार्यक्षमताका व्यापक ह्रास आएको छ । स्वयं न्यायपालिका, सुरक्षा निकाय र संबैधानिक अंगहरु समेत यस प्रवृत्तिबाट अछुतो छैनन् ।

(३) स्वभाविक रुपले प्रश्न उठछ उल्लेखित संकट र समस्याको मुख्य कारण के हो ? मुख्य कारक राजनीतिक क्षेत्र र दलहरु हुन भन्ने वारे विवाद छैनन । तर, कारण के हो ? के अमुक व्यक्ति वा दलको अदुरदर्शिता, अकर्मण्यता  र असक्षमताले मात्र यस्तो विकराल परिस्थिति सिर्जना भएको हो त ? निश्चय पनि असफलताको नैतिक र बैधानिक जिम्मेवारी राजनीतिक दल र नेताहरुमा नै जान्छ । तर, नेता र दलहरुको शुद्धिकरणबाट मात्र समस्याको समाधान हुने अवस्था अब छैन । किनभने असफलताको मुल जड व्यक्ति र दलका अकर्मण्यताका साथै नीति, व्यवस्था र मार्गचित्रमा रहेको छ । परिवर्तनलाई संस्थागत गर्ने क्रममा बिदेशीको दवाव, प्रभाव र स्वार्थमा कतिपय नया“ र अपरिचित बिचारहरुलाई नेपाली परिवेशको कसीमा नखारिकन लादने काम गरियो । ति अवधारणाहरुलाई नेपाली समाज र संस्कारले धान्न सकिरहेको छैन । यो तितो सत्यलाई स्विकार गर्दै धर्मनिरपेक्षता, गणतन्त्र र संघियता जस्ता मुलभूत बिषयहरुको कार्यान्वनवारे पुनर्विचार र समिक्षा गर्नु अब आबश्यक मात्र होईन अनिवार्य समेत भैसकेको छ । संभव भएसम्म वर्तमान संबिधान कै परिवेश र आधारभूमीबाट सबै राजनीतिक बिचार र शक्ति अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको बिकास र स्थापना तर्फ राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवीवर्ग र आमजनताको ध्यान जानु पर्दछ भन्ने राप्रपाको धारणा रहेको छ ।

(४) राप्रपा मन, वचन र कर्मले जनताको सर्वोच्चता र प्रजातान्त्रिक प्रणालीप्रति आस्था र बिश्वास राख्दछ । फरक फरक बिचार, धार र मार्गचित्रहरु बिचको प्रतिस्पर्धाले प्रजातन्त्रलाई बलियो पार्दछ । यहि मान्यतालाई आत्मसात गर्दै नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा अन्य दलहरु भन्दा फरक बिचार बोकेर क्रियाशील रहेको छ । राष्ट्रनिर्माणका अहिले दुई प्रमुख धारहरु देखिएका छन् । पहिलो धार, शुरुमा माओवादीले अबलम्बन गरेको र पछि अन्य दलहरुले समेत अनुसरण गरेको बिचार अर्थात धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको मान्यता । दोस्रो धार राप्रपाले आत्मसात गरेको सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वातन्त्रता सहितको सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र र बलियो स्थानीय स्वायत्त शासन प्रणालीको मान्यता । देशको वर्तमान संकट र संभावित खतरालाई सामना गर्न उपरोक्त दुई बैचारिक धारहरुका बिचमा सामञ्जस्यता र समन्वय खोज्नु उपयुक्त हुनेछ । त्यही नै देशको बृहत्तर हितमा हुनेछ । यदी सामञ्जस्य कायम गर्न सकिन्न भने मुलभूत बिषयहरुमा जनताको प्रत्यक्ष जनमत हासिल गर्न राष्ट्रिय जनमत संग्रहमा जानु उपयुक्त हुनेछ । अन्यथा, विद्यमान प्रवृत्ति, नीति र मार्गचित्रलाई जवर्जस्ति निरन्तरता दिंदै जाने हो भने नेपाल असफल राष्ट्र बन्ने, बिदेशी हस्तक्षेप बढने र अन्तत्वगत्वा राष्ट्र बिखण्डनमा जाने डरालाग्दो खतरा देखिन्छ । यो संभावित खतरावारे जनतालाई सचेत गराउने तथा आफ्नो समन्वयवादी धारणा र मान्यतालाई राप्रपाले आगामि दिनमा विभिन्न कार्यक्रमहरुको माध्यमबाट जनसमक्ष पु¥याउने छ ।

(५) केन्द्रीय परिषदको म्याण्डेट अनुसार राप्रपाले संगठन निर्माण, जनपरिचालन, पार्टी एकता र जनसंघर्षको कार्यनीतिलाई आगामि दिनहरुमा अझ प्रभावकारी र सशक्त ढंगबाट अघि बढाउने छ । 
–   संगठन निर्माणको क्रममा देशका सम्पूर्ण ७५३ गांउपालिका र नगरपालिकाका वडाहरुका पार्टी ईकाईको गठन÷पुनर्गठनलाई निरन्तरता दिईने छ । साथै, चार बर्ष अर्थात आगामि आमचुनाव अगावै पार्टीको ५ लाख सक्रिय सदस्यहरु बनाउने लक्ष्य पुरा गरिने छ । पार्टींसंग आबद्ध सबै भातृसंगठनहरुको महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गरिने छ । प्रदेश कार्यसमितिहरुलाई अधिकार सम्पन्न र प्रभावकारी तुल्याईने छ ।

–   हाल जारी रहेको हिन्दुराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियानलाई निरन्तरता दिईने छ । पहिलो चरणमा गाउ“पालिका र नगरपालिकाका केन्द्रहरुमा र दोस्रो चरणमा प्रत्येक वडाहरुमा यो अभियान संचालन गरिने छ ।

–   मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई दुई चरणमा गरि सम्पूर्ण ७७ जिल्लाहरुमा संचालन गरिने छ । पहिलो चरणमा फाल्गुन १५ देखि ३० गते सम्म ताप्लेजुङ देखि कंचनपुर हुंदै काठमाण्डौ सम्मका ३५ जिल्लाहरु र दोस्रो चरण उत्तर दक्षीण राजमार्गहरु हुंदै बांकी सबै जिल्लाहरुमा यो यात्रा पुग्नेछ । यस यात्राको माध्यमबाट माथी उल्लेख भए अनुरुपका पार्टीका नीति तथा धारणाहरु आमजनता समक्ष प्रत्यक्षरुपले पु¥याईने छ । यस कार्यक्रमबाट सम्पूर्ण जिल्ला र अधिकांश गांउपालिका र नगरपालिकाका लाखौ जनतासंग राप्रपाको प्रत्यक्ष सम्पर्क र सम्बन्ध स्थापित हुनेछ । 

–   देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने क्रममा समान बिचारधारा भएका राजनीतिक दलहरुसंग एकता कायम गर्ने प्रयास जारी रहने छ । पार्टीको एकता महाधिवेशनको म्याण्डेट अन्य दलहरुसंगको एकताको आधार हुनेछ । 

–   माथी उल्लेख भए बमोजिमका संगठन निर्माण, हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण अभियान, राष्ट्रिय स्वाभिमान यात्रा जस्ता कार्यक्रमहरुको कार्यान्वनले आगामि फाल्गुन ७ गतेबाट शुरु गरिने जनसंघर्षलाई उपयुक्त वातावरण र उर्जा प्रदान गर्नेछ । फाल्गुन ७ गते काठमाण्डौ उपत्यकामा सम्माननिय प्रधानमन्त्रि, प्रदेश राजधानीहरुमा माननिय मुख्यमन्त्री र जिल्ला सदरमुकामहरुमा प्रमुख जिल्ला अधिकारीलाई हिन्दुराष्ट्र पुनस्र्थापना लगायतका विभिन्न मागहरु राखेर ज्ञापनपत्र बुझाईने छ । शान्तिपुर्ण जनसंघर्षको स्वरुप र विस्तृत कार्यक्रम फाल्गुन ३० गते हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा घोषणा गरिने छ ।

(६) आमजनताको भावनालाई सम्मान गर्दै राप्रपाले आगामि दिनमा सत्ताकेन्द्रित होईन नैतिकता, सिद्धान्त र आदर्शमुखी राजनीतिमा आफुलाई समर्पित गर्नेछ । पार्टी भित्र विधि विधानको सम्मान, संस्थागत कार्यशैली र पारदर्शितालाई प्रोत्साहित गर्दै आन्तरिक प्रजातन्त्र सुदृढ तुल्याईने छ । गत निर्वाचनको पराजयलाई ईखको रुपमा लिएर राप्रपाले आगामि आमचुनाव सम्ममा पार्टीलाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने तथा पार्टीले अबलम्बन गरेका हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापना गर्ने तथा देशको सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणमा नेतृत्वकारी भूमिका खेल्ने यो बैठक संकल्प गर्दछ ।

(राप्रपाका अध्यक्ष कमल थापाले जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदनका आधारमा )

प्रतिक्रिया दिनुहोस्