१५ चैत्र २०८२, आईतवार
Logo

बोलुङ्गको स्थानीय समूहलाई सुशीलको सहयोग

दुप्चेश्वर गाउँपालिका वडा नं.१, बोलुङमा सामुदायिक कार्यका लागि आवश्यक सामाग्रीको अभावलाई ध्यानमा राख्दै नेकपा एमालेका नेता तथा समाजसेवी शुसिल खड्काले स्थानिय समुहलार्ई पकाउने खाने भाडा सहयोग प्रदान गर्नू भएको छ ।

समाजसेवी खड्काले ब्याक्तीगत लगानीमा सो सहयोग प्रदान गर्नू भएको हो ।
समुदायमा सामुहिक कार्य, उत्सव, मेला तथा अन्य कार्य पर्दा पकाउने खाने भाडाँहरु अभाव हुदा स्थानियहरुले समस्या भोग्नू परेको थियो । सो समस्या सहजिकरणको लागी उक्त सामाग्री स्थानियहरुको माग अनुसार हस्तान्तरण गरिएको हो ।

Shivapuri rural municipality awareness message jalapanews

सहयोगमा ३ सय थान थाल, ३ सय थान कचौरा, २ थान डेक्ची, १ थान डाडु–पनिउ, ६ थान बाटा, ३ थान खाना राख्ने सेट तथा ५ सय थान चम्चा प्रदान गरिएको छ ।
यस सहयोगले स्थानीय स्तरमा आयोजना हुने सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ ।

समाजसेवी खड्काले आफ्नो सानो प्रयासले पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्