जालपादेबी मन्दिर पुनर्निर्माणमा रामहरी घिमिरेको १ लाख सहयोगको प्रतिबद्धता, सम्पूर्णमा अभियानमा जोडिन अपिल

विदुर, नुवाकोट ।
देवीघाटमा अवस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिर पुनर्निर्माण अभियानलाई गति दिन आर्थिक सहयोग र ऐक्यबद्धता जुट्ने क्रम सुरु भएको छ । यसै सिलसिलामा मन्दिर पुनर्निर्माणको महान कार्यप्रति ऐक्यबद्धता जनाउँदै नेकपाका नेता, निमार्ण ब्याबसायी एवम् समाजसेवी रामहरी घिमिरेले व्यक्तिगत तर्फबाट रु. १,००,००० (एक लाख रुपैयाँ) आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
धार्मिक धरोहरको संरक्षण र मन्दिरको जीर्णोद्धारका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा सहयोगी मनहरूलाई यस पुनीत अभियानमा जोडिन र आफ्नो तर्फबाट स्वतःस्फूर्त रूपमा सहभागिता जनाउन हार्दिक अपिल समेत गरिएको छ । “सबैको सानो सहयोगले हाम्रो ऐतिहासिक सम्पदाको गरिमा जोगिने“ विश्वासका साथ यो आह्वान गरिएको हो ।
यसै बीच, मन्दिर पुनर्निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन र आवश्यक समन्वय मिलाउनका लागि जालपा क्षेत्र विकास समितिको गम्भीर ध्यानाकर्षण गराइएको छ। समितिको सक्रियता र तदारुकताले मात्रै यो अभियान समयमै सफल हुने भन्दै निर्माण कार्य तत्काल अघि बढाउन माग गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्