उमा आचार्यद्वारा कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि (खुल्ला महिला) मा उम्मेदवारी घोषणा

त्रिशुली, नुवाकोट ।
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको चुनावी सरगर्मीसँगै नुवाकोटमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । यसैबीच, नुवाकोट क्षेत्र नम्बर १ बाट सक्रिय नेतृ उमा आचार्यले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आचार्यले खुल्ला महिला तर्फबाट महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिने निर्णय गर्नुभएको हो । भोलि असोज १४ गते हुन गइरहेको निर्वाचनका लागि सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उहाँले चुनावी अभियानलाई तीव्रता दिनुभएको छ ।
क्षेत्रीय प्रतिनिधि समेत रहनुभएकी नेतृ आचार्यले नुवाकोट क्षेत्र नम्बर १ का सम्पूर्ण आदरणीय क्षेत्रीय प्रतिनिधिहरू, अग्रज नेतागण तथा शुभचिन्तकहरू समक्ष अमूल्य मतको अपेक्षा सहित विजयी गराइदिनका लागि हार्दिक अनुरोध गर्नुभएको छ ।
“राष्ट्रियता, लोकतन्त्र र समाजवाद” को जगमा पार्टी संगठनलाई सुदृढ बनाउन र महिला नेतृत्वलाई स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभएको छ













प्रतिक्रिया दिनुहोस्