बाढी पिडितको घाउमा मलम लगाउदैँ (वाइसीएल)

योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालले नुवाकोटको तुप्चे, त्रिशूली बजार लगायतका क्षेत्रमा बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूका लागि राहत सामग्री वितरण गरेको छ । राहत वितरणसँगै संगठनका नेता तथा कार्यकर्ताहरू प्रभावित क्षेत्रको उद्धार र भग्नावशेष पन्छाउने कार्यमा समेत सक्रिय रूपमा खटिएका छन् ।

निवर्तमान सांसद तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राजन दाहाल, वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली र वाइसीएल नुवाकोट जिल्ला अध्यक्ष जलन गजुरेलको विशेष नेतृत्वमा गएको टोलीले नुवाकोटका विभिन्न बाढीपीडित क्षेत्र तथा होल्डिङ सेन्टरहरूमा पुगेर प्रत्यक्ष रूपमा राहत सामग्री हस्तान्तरण गरेको हो ।

राहत वितरणका साथै वाइसीएलको टोलीले त्रिशूली बजारमा बाढीले क्षति पु¥याएर खण्डहर बनेका घरहरूको भग्नावशेष पन्छाउने र सफा गर्ने कार्य समेत गरेको छ । संगठनले “विपद परेका नागरिकहरूको दुःखमा साथ र सहयोगका लागि वाइसीएल नेपाल निरन्तर अभियानमा“ भन्ने नाराका साथ यो अभियान सञ्चालन गरिरहेको छ ।
आगामी दिनमा बाढीपीडितहरूको पुनःस्थापनाका लागि वाइसीएलका हजारौँ युवाहरू स्थानीय समुदाय र सरकारसँग समन्वय गर्दै निःसर्त स्वयं सेवामा लागिरहने प्रतिबद्धता वाइसीएले गरेको छ ।

पिडीत तथा प्रभावित परिवारहरूको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालले ओढ्ने–ओछ्याउनेः डसना ९२ वटा, तन्ना ९० वटा, र पोलार (ओढ्ने) ५० वटा, लत्ताकपडा तथा चप्पलः १०० जना बालबालिकाका लागि कपडा र १०० जोर चप्पल, खाद्यान्नहरुमा चामल, दाल, नुन, अन्य खाद्य सामग्रीहरू र हर्लिक्स, विभिन्न प्रकारका अत्यावश्यक औषधीहरू र शैक्षिक सामग्री (स्टेसनरी), २ रोल म्याट, खोज तथा उद्धार एवं सरसफाइका लागि आवश्यक पर्ने गैँती, बेल्चा र बुटहरू प्राकृतिक विपत्तिको यस घडीमा पीडित जनताको घाउमा मलम लगाउन वाइसीएल नेपालले देखाएको यो सक्रियतालाई स्थानीय बासिन्दाहरूले उच्च प्रशंसा गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्