त्रिशूली बाढीपीडितका लागि २० लाख बराबरको राहत सामग्री सहयोग, बालबालिकाको पोषणलाई प्राथमिकता

नुवाकोट। त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको कठिन परिस्थितिमा मल्हम लगाउने उद्देश्यले टाइम फर्मास्युटिकल्स लिमिटेड (TIME Pharmaceuticals Ltd.) ले करिब २० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अत्यावश्यक सामग्री राहतस्वरूप उपलब्ध गराएको छ।

बाढी प्रभावित परिवारका तत्कालीन र संवेदनशील आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले शिशु तथा बालबालिकाका लागि आवश्यक पोषणजन्य सामग्रीलाई विशेष प्राथमिकता दिएको छ। राहत सामग्रीहरूमा आउडासी, ल्याक्टोजेन (Lactogen), सेरेल्याक (Cerelac), लिट्टोको पिठो लगायतका पौष्टिक खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरू समावेश छन्।

राहत सामग्रीहरू वास्तविक पीडित परिवारसम्म सुरक्षित र पारदर्शी रूपमा पुगोस् भन्ने उद्देश्यका साथ कम्पनीका प्रतिनिधिहरू स्वयं स्थलगत रूपमा प्रभावित क्षेत्रमा खटिएका थिए। विपद्को यस विकराल समयमा विशेष गरी शिशु, बालबालिका तथा परिवारका अत्यावश्यक आवश्यकतालाई केन्द्रमा राखेर गरिएको यो सहयोग मानवीय संवेदनासँगै संस्थागत सामाजिक उत्तरदायित्व (CSR) को एउटा उत्कृष्ट उदाहरण बनेको छ।
बाढी र पहिरोका कारण तटीय क्षेत्रका नागरिकहरूले खाद्यान्नको चरम अभाव र संकट झेलिरहेको अवस्थामा टाइम फर्मास्युटिकल्स लिमिटेडले गरेको यस समयसापेक्ष सहयोगले पीडित परिवारलाई तत्कालका लागि ठूलो राहत र भरोसा मिल्ने अपेक्षा गरिएको छ। विपद्को यो घडीमा यस्ता मानवीय सहयोग र सहकार्यको हातेमालोले पीडितहरूलाई पुनः स्थापित हुन ठूलो बल पुग्ने स्थानीय सरोकारवालाहरूले बताएका छन्।














प्रतिक्रिया दिनुहोस्