विदुरमा विद्यालय र सार्वजनिक सवारीको यान्त्रिक तथा चालकको स्वास्थ्य परीक्षण

नुवाकोट, २६ साउन ।
सवारी साधनमा आउने प्राविधिक खराबी र चालकको अस्वस्थताका कारण हुन सक्ने सम्भावित सडक दुर्घटना रोक्न नुवाकोटमा विशेष अभियान चलाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको मुख्य पहल, यान्त्रिक कार्यालय नुवाकोट र जिल्ला सरकारी अस्पताल त्रिशूलीको सहकार्यमा सोमबार विदुर नगरपालिका वडा नं. ४ स्थित बटार बसपार्कमा सवारी साधनको यान्त्रिक र चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।

विभिन्न विद्यालयहरूसँग समन्वय गरी विद्यार्थी बोक्ने बस, भ्यान तथा अन्य सार्वजनिक सवारी साधनहरूलाई ढुक्कसँग सञ्चालन गर्न योग्य बनाउने उद्देश्यले दिउँसो १२:०० बजेदेखि २:०० बजेसम्म यो अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

परीक्षणका क्रममा सवारी साधनको अवस्था जाँचिनुका साथै चालकहरूको शारीरिक स्वास्थ्यको समेत परीक्षण गरिएको थियो । यस्ता अभियानले भविष्यमा हुन सक्ने ठूला दुर्घटना न्यूनीकरण गर्न र सडक सुरक्षा बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ


















प्रतिक्रिया दिनुहोस्