पाठेघर, हाइड्रोसिल, हर्नियाको निःशुल्क उपचार गरिने

नुवाकोटको त्रिशुली अस्पताल द्वारा निशुल्क चेकजाँच तथा सल्यक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चैत्र १२ गतेदेखी ३० गतेसम्म महिलाहरुको पाठेघर तथा पुरुषको हाइड्रोसिल/हर्नियाको चेकजाँच गर्नुका साथै तत्पश्चात निशुल्क सल्यक्रिया गरिने अस्पताल द्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
बागमती प्रदेशमा मात्रै नभएर देशकै उत्कृष्ट अस्पतालको रूपमा ख्याती कमाएको त्रिशुली अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्