४ मंसिर २०८२, बुधबार
Logo

मिलेर चुनाव लडेका कांग्रेस माओवादी एक-आपसमा भिड्दै, (ध्यानाकर्षण पत्र सहित)

नेकपा (माओवादी केन्द्र) बेलकोटगढी नगरकमिटी द्वारा उपप्रमुख शिव प्रसाद दाहालको भ्रष्टाचार सम्बन्धि अडियो टेप प्रकरणको छानबिन प्रक्रियाका बारेमा ध्यानाकर्षण पत्र मार्फत जानकारी माग गरेको छ ।

मंगलबार बाघखोर स्थित नगरपालिका परिसरमा पार्टी उपाध्यक्ष हरि प्रसाद बजगाइँ र सचिब शम्भु सिग्देल द्वारा नगर प्रमुख जगत बहादुर लामालाइ ध्यानाकर्षण पत्र बुझाउँदै अनुसन्धान प्रक्रियाका बारेमा ध्यानाकर्षण गरिएको उपाध्यक्ष हरि प्रसाद बजगाइँले बताउनु भयो ।

नेकपा माओवादी केन्द्रको ध्यानाकर्षण पत्रका बुँदाहरु निम्न रहेका छन् ।

त्यसैगरी मंगलबार नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका सभापति लेखनाथ मुडभरीको नेतृत्वमा विभिन्न माग राख्दै नगरप्रमुख जगत बहादुर लामालाई १० बुँदे माग प्रस्तुत गरेको छ ।
नेपाली कांग्रेस बेलकोटगढिको मागहरु निम्न रहेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

२०८० माघ १ गते दियो पोस्ट र दैनिकी डटकममा उपप्रमुख शिवप्रसाद दाहाल र निर्माण ब्यबसायी बिचको लेनदेनको अडियो सार्वजनिक भएसंगै उपप्रमुख शिव दाहाल माथी छानबिन गर्न माग गर्दै माघ १५ गते माओवादी केन्द्र बेलकोटगढीको तत्कालीन अध्यक्ष शिव पौडेल र सचिब मनराज गुरुङ द्वारा बिज्ञप्ती मार्फत छानबिनको माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्