२२ मंसिर २०८२, आईतवार
Logo

पोष्ट बहादुर बोगटी बहुप्राबिधिक शिक्षालय भवन निर्माण सुरु

पोष्ट बहादुर बोगटी बहुप्राबिधिक शिक्षालयको भवन निर्माण कार्यको सुरुवात भएको छ ।

आइतबार बिदुर नगरपालिका वडा नम्बर १ स्थित सिम्बुटार इन्द्रायणीमा एक कार्यक्रम बिच प्रतिनिधि सभा कानुन न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुबेदिले शिलान्यास गर्नुभएको हो ।

नुवाकोट र रसुवाको एकमात्र प्राबिधिक शिक्षालयको रुपमा रहेको पोष्ट बहादुर बोगटी बहुप्राबिधिक शिक्षालय २०७७ देखि संचालनमा आएको थियो । शिलान्यास कार्यक्रममा संबिधान सभा सदस्य राममाया बोगटी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरी, नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य हिरानाथ खतिवडा, प्रमुख जिल्ला अधिकारी एवं शिक्षालय संचालक समिति अध्यक्ष शशिधर घिमिरे, नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष एवं शिक्षालय संचालक समिति सदस्य पुष्प लामिछाने (अरुण) लगाएतको उपस्थिति रहेको थियो ।

कार्यालय भवनको निर्माण कार्य असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बिभागिय प्रमुख प्रकाश रैला बताउनुहुन्छ ।
शिक्षालयको भवन निर्माणका लागि सभापति बिमला सुबेदिले १ करोड रुपैयाँ बिनियोजन गर्नुभएको कार्यक्रममा जानकारी गराइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

त्यसैगरी प्राबिधी शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) बाट प्राप्त भएको १ करोड ३५ लाख बराबरको भौतिक संरचना निर्माणको काम समेत छिट्टै थालिने बिभागिय प्रमुख रैला बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्