२२ मंसिर २०८२, आईतवार
Logo

बट्टारमा रहेको गोसाइँकुण्ड ड्रिङकिङ वाटर उद्योगमा सिल,

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा रहेको गोसाइँकुण्ड ड्रिङकिङ वाटर उद्योगमा आज जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । उक्त कम्पनीले उत्पादन गरेर बजारमा पठाएको पानीमा किरा पाइएपछि जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा प्रशासनले उद्योगमा सिल लगाएको हो ।

“उद्योगबाट सङ्कलन गरिएका दुई थान नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने छ”, पोखरेलले भन्नुभयो, “नमूनाको नतिजाका आधारमा बाँकी कारवाही अघि बढ्नेछ ।” उक्त कम्पनीमा सिल गरेसगैँ त्यहाँबाट उत्पादित पानी बिक्री नगर्न पनि पत्रमार्फत सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्