१४ आश्विन २०८३, बुधबार
Logo

गोकर्ण पुडासैनीद्वारा कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि (पेशागत क्लस्टर) मा उम्मेदवारी घोषणा

विदुर, नुवाकोट ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चुनावी सरगर्मी तीव्र भएसँगै नुवाकोटमा युवा र बौद्धिक वर्गको नेतृत्व दाबेदारी बढ्दो रूपमा देखिएको छ । यसै सिलसिलामा युवा कानुन व्यवसायी गोकर्ण पुडासैनीले नुवाकोट क्षेत्र नम्बर २ बाट पेशागत क्लस्टर अन्तर्गत कानुन व्यवसायी युवाको तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नो बलियो उम्मेदवारी घोषणा गर्नुभएको छ । “एकता, सहकार्य र नयाँ ऊर्जासहित बलियो नेपाली कांग्रेस निर्माणका लागि” भन्दै चुनावी मैदानमा उत्रिनुभएका युवा नेता पुडासैनीले लोकतान्त्रिक मूल्य, समावेशिता, सुशासन, सामाजिक न्याय र समृद्ध नेपालको मुद्दालाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ ।

आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै पुडासैनीले कानुनी पेशामार्फत न्याय र अधिकारको पक्षमा निरन्तर सक्रिय रहँदै समाज र समुदायका विविध विषयमा रचनात्मक सहयोग र सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफू लोकतान्त्रिक मूल्य र मान्यताप्रति सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले पार्टी र राष्ट्र निर्माणमा युवा पुस्ताको सक्रिय सहभागिता र रचनात्मक योगदान सुनिश्चित गर्नका लागि आफ्नो दाबेदारी रहेको बताउनुभएको छ ।
“म नेपाली कांग्रेस हूँ, लोकतान्त्रिक मूल्य, मान्यता र जनताको पक्षमा सधैँ प्रतिबद्ध छु” भन्ने मूल संकल्पका साथ चुनावी अभियानमा होमिनुभएका पुडासैनीले नुवाकोट क्षेत्र नम्बर २ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरू, अग्रज नेता तथा शुभचिन्तकहरू समक्ष सहयोग र अमूल्य मतको अपिल गर्नुभएको छ ।


Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्