बिदुर नगरपालिका वडा नं. १२ का ५ वटा विद्यालयलाई कुल २३ लाख

बिदुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष उपिन्द्र खड्काले विपद्बाट आउन सक्ने दीर्घकालीन समस्यालाई मध्यनजर गर्दै वडाभित्रका ५ वटा विद्यालयहरूलाई कुल २३ लाख रुपैयाँ विद्यालय व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय गर्नुभएको छ । वडा अध्यक्ष खड्काको यो निर्णयले सम्भावित संकटको समयमा पनि बालबालिकाहरूको पठनपाठन नरोकिने र विद्यालयको प्रशासनिक तथा भौतिक पक्ष सुदृढ हुने विश्वास गरिएको छ ।
घोषणा अनुसार वडाभित्र रहेका चारवटा विद्यालयहरू क्रमशः महेन्द्र माध्यमिक विद्यालय (गौरीबेशी), तिनधारे माध्यमिक विद्यालय (पिपलडाँडा), शहीद भरत ढुङ्गाना आधारभूत विद्यालय र वीरेन्द्र माध्यमिक विद्यालय (चैनपुर) लाई ५÷५ लाख रुपैयाँ उपलब्ध गराइनेछ । यसैगरी, दक्षिणकाली आधारभूत विद्यालयलाई विद्यालय व्यवस्थापन खर्च स्वरूप ३ लाख रुपैयाँ प्रदान गरिने निर्णय भएको छ ।
स्थानीय सरकारको नेतृत्व सम्हाले देखि नै शिक्षा क्षेत्रको सुधार र नागरिकका समस्या समाधानमा सक्रिय रहनुभएका वडा अध्यक्ष खड्काको यस कदमलाई स्थानीयबासी, शिक्षक तथा अभिभावकहरूले एक दूरदर्शी र जनमुखी नेतृत्वको उदाहरण भन्दै उच्च प्रशंसा गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्