बेलकोटगढीका बाढी पिडितलाई नेकपाको राहत ग्यास र पंखा

बेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित ठुलोखोलामा भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित भएका करिब ५० परिवारलाई ग्यास, टेबल पंखा लगायतका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी काठमाडौं कमिटी र काठमाडौं निर्वाचन क्षेत्र नं. ३ को नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रत्याशी उम्मेदवार निरज तामाङको विशेष सहयोग र बागमती प्रदेश सभा सदस्य राधिका तामाङको समन्वयमा संकलन गरिएका ती राहत सामग्रीहरू प्रभावित परिवारलाई प्रदान गरिएको हो ।

ग्यास अभावको समयमा ग्यास र अत्याधिक गर्मीको कारण बालबालिका राती निदाउन नसकेको अबस्थामा पंखा पाउँदा स्थानिय पिडित परिवारले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई आबश्यकता बुझेर सामान लेराइदिएकोमा धन्यावाद ब्यक्त गरेका छन् ।

राहत वितरण स्थलमा पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य राधिका तामाङ ,बेलकोटगढी नगरपालिकाका मेयर जगत बहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टी काठमाडौंका संयोजक संजय तामाङ, सहसंयोजक, काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का प्रत्याशी उम्मेदवार निरज तामाङ, नेकपा टोखा नगर कमिटी संयोजक नवीन डंगोल, र तत्कालीन माओवादी केन्द्र बेलकोटगढी नगरपालिका कमिटी सचिव सम्भु सिग्देल लगायत पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्