५ आश्विन २०८३, सोमबार
Logo

आगो गाडीभित्रबाटै सल्किएको हुनसक्ने आशंका

काठमाडौँ माछापोखरीस्थित बुद्धमल पछाडि पार्किङ गरेर राखेको बसमा गएराति आगलागी भएको छ ।
आगलागीबाट काठमाडौँ हुँदै वीरगञ्ज चल्ने बा ३ ख ५०८३ नम्बरको बस पूर्ण क्षति भएको छ ।
गएराति ९ बजेर ५२ मिनेटमा बसमा आगो लागेको थियो ।
बसभित्र रहेका बस चालक धादिङको ज्वालामुखी–३ घर भएका ३१ वर्षीय सुरेन अर्याल र सहचालक नीलकण्ठ गाउँपालिका–२ घर भएका २३ वर्षीय राजेश परियारलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । उनीहरु घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा पठाइएको थियो । उपचारपछि चालक सुरेन अर्यालललाई डिस्चार्ज भएको तर सहचालक परियारको आईसीयूमा उपचार हुँदैछ, उनको अनुहार र दुवै हातमा पोलेकोे कीर्तिपुर बर्न अस्पतालले जानकारी दिएको छ ।

आगो गाडीभित्रबाटै सल्किएको हुनसक्ने आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ बताएको छ । यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौँ बताएको छ

प्रहरीले सीसीटीभी फुटेज हेरेर घटनास्थलमा बाहिर मानिसहरूको उपस्थिति यकिन गरिरहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्